शनिबार, ३० जेठ २०८३
नेपाली

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

Main News Image

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव छ । कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बाँकी पहाडी र तराई भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना : देशभर बदली र हावाहुरीको चेतावनी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसममा उल्लेख्य बदलाव आएको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी,...

बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर

काठमाडौँ । सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिह...

बैशाख १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु, ८ देखि ११ बजेसम्म सञ्चालन

काठमाडौँ । साझा यातायात ले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ ।

सेवा सुरु गर्नुअघि रुट परीक्षणका क्रममा...

बिहीबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ ।

मौसम पूर्व...

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौँ । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र इन्स्टिच्युटबाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनल...

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणता बादल लागेको छ, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा...