२०८२ सालका सर्वाधिक कमाउने १० नेपाली चलचित्र सार्वजनिक
काठमाडौँ । वर्ष २०८२ नेपाली चलचित्र उद्योगका लागि समग्रमा सफल वर्ष बनेको छ । चलचित्र विकास बोर्डका अनुसार गत वर्ष ५७ नेपाली चलचित्र प्रदर्शन भए । बक्सअफिस तथ्याङ्कअनुसार परान ले घरेलु बजारमा १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाउँदै शीर्ष स्थान हासिल गरेको छ ।
दोस्रो स्थानमा आ बाट आमा र तेस्रोमा जेरी अन टप रहेका छन् । त्यसैगरी उनको स्वीटर चौथो स्थानमा रहँदा सूचीमा ‘जारी २’, ‘बलिदान’, ‘मोहर’, ‘हरिबहादुरको जुत्ता’, ‘माग्ने राजा’ र ‘माइतीघर’ पनि शीर्ष १० मा परेका छन् । कुल मिलाएर गत वर्ष नेपाली चलचित्रमा स्टार कलाकारसँगै कथावस्तुमा आधारित फिल्महरूले राम्रो व्यापार गरेको विश्लेषकहरूको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...
अन्तरङ्ग दृश्यले अभिनेत्रीको ब्रेकअप, प्रेमीले सुटिङ सेटमै पुगेर निर्माताबाट सीन परिवर्तन गराएको खुलासा
काठमाण्डौँ । भोजपुरी, टेलिभिजन र हिन्दी चलचित्र उद्योगकी चर्चित अभिनेत्री त्रिधा चौधरीले प्रकाश झाको चर्चित वेब सिरिज ‘आश्रम’ मा अभिनेता बबी देओलसँग दिएको अन्तरङ्ग बोल्ड दृश्य र त्यसका कारण आफ्नो वास्तविक जीवनमा परेको गम्भीर असरबारे पहिलो पटक सञ्च...
एलिना चौहान र जिके पोख्रेलको स्वरमा नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक
काठमाडौँ । जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ । नृत्य प्रधान गीत ‘इन्दिरा’ मा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् ।...
कंगाल करोडपतिमा मुकुनसँग जोडी बाँध्दै सलिना
काठमाण्डौँ । अभिनेत्री सलिना तामाङ फिल्म कंगाल करोडपतिमा अभिनेता मुकुन भुसालको अपोजिट मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यू गर्न लागेकी हुन् ।
निर्माण टि...
आशा भोसलेको निधन
काठमाण्डौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्...
गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
काठमाडौँ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीत ओजिलो बनेको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत...



