२०८२ सालका सर्वाधिक कमाउने १० नेपाली चलचित्र सार्वजनिक
काठमाडौँ । वर्ष २०८२ नेपाली चलचित्र उद्योगका लागि समग्रमा सफल वर्ष बनेको छ । चलचित्र विकास बोर्डका अनुसार गत वर्ष ५७ नेपाली चलचित्र प्रदर्शन भए । बक्सअफिस तथ्याङ्कअनुसार परान ले घरेलु बजारमा १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाउँदै शीर्ष स्थान हासिल गरेको छ ।
दोस्रो स्थानमा आ बाट आमा र तेस्रोमा जेरी अन टप रहेका छन् । त्यसैगरी उनको स्वीटर चौथो स्थानमा रहँदा सूचीमा ‘जारी २’, ‘बलिदान’, ‘मोहर’, ‘हरिबहादुरको जुत्ता’, ‘माग्ने राजा’ र ‘माइतीघर’ पनि शीर्ष १० मा परेका छन् । कुल मिलाएर गत वर्ष नेपाली चलचित्रमा स्टार कलाकारसँगै कथावस्तुमा आधारित फिल्महरूले राम्रो व्यापार गरेको विश्लेषकहरूको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विराजको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक
काठमाण्डौँ । नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ । आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा राजधानीस्थित जय नेपाल हलमा एक कार्यक्रमबीच नेपालभाषा गीत ‘छ लिसे’ प्रिमियर गरिएको हो ।
रामकृष्णा ख...
गायिका दीपिकाको नयाँ गीत ‘पातली डन’ सार्वजनिक
काठमाडौँ । गायिका दीपिका पौडेलको नयाँ गीत ‘पातली डन’ सार्वजनिक भएको छ । दीपिकाको स्वर र थेगो रहेको गीतमा कृष्ण समीप सुवेदीको शब्द तथा संगीत रहेको हो। फिचरिङ पनि सुवेदीकै रहेको छ। गीतको भिडियोमा सुरेश खोली, जुना विश्वकर्मा र दीपिका पौडेलको अभिनय रह...
बाँसको झुपडी गीतले रुवायो स्रोता र दर्शक धुुरुक्कै (भिडियोसहित)
काठमाण्डौँ । ए बि ड्रिम्सको निर्माणमा बरिष्ठ गायक प्रताप सुब्बा र गायिका रचना रिमालको स्वरमा अहिले बजारमा ‘बाँसको झुपडी’ गीत आएको छ । भुटानी शरनार्थीहरुले आफ्नो थातथलो भुटान त्याग्दै जानुपर्दाको दुखलाई गीतको भिडियोमा मार्मिक तरिकामा देखाएको छ ।&nb...
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...
‘लालीबजार’ प्रदर्शनमा रोक : बादी समुदायको अपमान आरोपपछि अदालतको अन्तरिम आदेश
काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएको छ । बादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
...बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद
काठमाडौँ । बाढीपीडितलाई सहयोग गर्न भारतीय बलिउड अभिनेता सोनू सूद काठमाडौँ आइपुगेका छन् । बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उनी मंगलबार काठमाडौँ आएका हुन् ।


