ज्येष्ठ नागरिकको सुविधा पाउँदै टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते कारागारमुक्त हुने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते कारागारमुक्त हुने भएका छन् । ६५ वर्ष उमेर पूरा भएका आधारमा ज्येष्ठ नागरिकको कानुनी सुविधा पाउन माग गर्दै उनले दिएको निवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतले कारागार कार्यालय डिल्लीबजारलाई संशोधित कैदीपुर्जी पठाएसँगै उनी रिहा हुने निश्चित भएको हो ।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार अदालतबाट संशोधित कैदीपुर्जी सोमबार नै प्राप्त भइसकेको छ। सोही संशोधित कैदीपुर्जी बमोजिम रायमाझी कात्तिक २६ गते कारागारबाट छुट्नेछन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै, साँझ ५ बजे प्रदेशसभा बैठक
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५:०० बजे बस्ने भएको छ। बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्।
विगत लामो समयदेखि बै...



