श्रीलङ्कामा पर्यटन अभियान, ३० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौँ । श्रीलङ्का पर्यटन विकास प्राधिकरण एसएलटीडीएले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्यहरू पूरा गर्न विशेष अभियान शुरू गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले शुक्रबार बताएका छन् । एसएलटिडिएकी अध्यक्ष हेवासमले परम्परागत रूपमा पर्यटक कम आउने महिनाहरूमा आगन्तुकहरूलाई आकर्षित गर्न प्रमुख युरोपेली बजारहरूमा केन्द्रित प्रचार अभियानहरू शुरू गर्ने बताएका छन् ।
व्यापक पर्यटन रणनीतिको एक हिस्साको रूपमा, श्रीलङ्काले हालै देशको भारतीय पर्यटक आधारलाई विविधीकरण गरी अन्य आगन्तुकहरूलाई आकर्षित गर्न प्रमुख भारतीय शहरहरूमा प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरेको उनले उल्लेख गरेका छन् ।
सन् २०२६ को जनवरीको पहिलो हप्तामा ९४ हजार भन्दा बढी पर्यटक आगमन भएको रिपोर्ट गर्दै श्रीलङ्काले २०२६ मा बलियो शुरूआत गरेको उनले जनाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
हर्मज जलमार्गमा रोकिएका जहाज बाहिर निकाल्न ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रीडम’ घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मज जलमार्गमा रोकिएका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सोमबार बिहानदेखि विशेष अभियान सुरु गर्ने घोषणा गरेका छन् । ट्रम्पले यस अभियानलाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै यसलाई एक ‘मानवीय...
इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा, स्वदेश फर्काउने तयारी
काठमाडौँ । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इरानको हर्मुज टापु क्षेत्रबाट नियन्त्रणमा लिइएका झालाई लामो कूटनीतिक प्रयासपछि इरानी पक्षले रिहा गरेको हो । घटनाको पृष्ठभूमि उदयपुरको...
पश्चिम बंगालमा भीषण आगलागी, मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा दुईटा जोडिएका गोदाममा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । धेरै व्यक्ति अझै बेपत्ता भएको सरकारी प्रसारक अल इन्डिया रेडियो एआईआरले जनाएको छ । पश्चिम बंगा...
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको ट्रम्पको खुलासा
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी साढे तीन महिना लामो युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेका छन् । फ्रान्सको एभियानमा जारी जीसेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमा...
कुवेत आक्रमणमा नेपालीको निधन, परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक पहल र संयमताका लागि आह्वान
काठमाडौँ । उत्तरपूर्वी कुवेतको सिमाना नजिक इरानद्वारा सञ्चालित ड्रोन आक्रमणका क्रममा एक निर्दोष नेपाली नागरिकको ज्यान गएपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै उक्त घटनाको कडा शब्दमा भर्त्सना गरेको छ ।
सर्वसाधारण नागर...
इरानको सर्वोच्च सुरक्षा प्रमुखमा पूर्व आईआरजीसी कमाण्डर मोहसेन रेजाई नियुक्त
काठमाण्डौँ । इरानका सर्वोच्च नेता मुजतवा खामेनीले पूर्व आईआरजीसी प्रमुख मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा पद ‘सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्’ को सचिवमा नियुक्त गरेका छन् । यस पदमा नियुक्त भएसँगै रेजाईले परिषद्मा खामेनीको प्रतिनिधिका रूपमा...



