श्रीलङ्कामा पर्यटन अभियान, ३० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौँ । श्रीलङ्का पर्यटन विकास प्राधिकरण एसएलटीडीएले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्यहरू पूरा गर्न विशेष अभियान शुरू गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले शुक्रबार बताएका छन् । एसएलटिडिएकी अध्यक्ष हेवासमले परम्परागत रूपमा पर्यटक कम आउने महिनाहरूमा आगन्तुकहरूलाई आकर्षित गर्न प्रमुख युरोपेली बजारहरूमा केन्द्रित प्रचार अभियानहरू शुरू गर्ने बताएका छन् ।
व्यापक पर्यटन रणनीतिको एक हिस्साको रूपमा, श्रीलङ्काले हालै देशको भारतीय पर्यटक आधारलाई विविधीकरण गरी अन्य आगन्तुकहरूलाई आकर्षित गर्न प्रमुख भारतीय शहरहरूमा प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरेको उनले उल्लेख गरेका छन् ।
सन् २०२६ को जनवरीको पहिलो हप्तामा ९४ हजार भन्दा बढी पर्यटक आगमन भएको रिपोर्ट गर्दै श्रीलङ्काले २०२६ मा बलियो शुरूआत गरेको उनले जनाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
कोलम्बियामा शक्तिशाली भूकम्पमा मृतकको संख्या २४० नाघ्न सक्ने, उद्धारकार्य जारी
काठमाण्डौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि खोज तथा उद्धार कार्य अझै जारी छ । भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्मीहरू दिनरात परिचालन भइरहेका छन् ।
गत सोमबार बिहान ७ः३४ बजे पश्चिमी कोलम्बियाम...



