कञ्चनजङ्घामा पर्यटक चहलपहल बढ्दै, स्थानीय पर्यटन व्यवसाय उत्साहित
काठमाडौँ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै स्थानीय पर्यटन व्यवसायमा उत्साह थपिएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो । कञ्चनजङ्घा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त मानिन्छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार पछिल्लो एक महिनामा मात्रै १६५ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
वर्षमा दुई प्रमुख पर्यटकीय याम रहने यस क्षेत्रमा पहिलो याम चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मङ्सिरसम्म हुने गर्दछ । गत वर्ष पहिलो याममै ७५० विदेशी पर्यटक यहाँ आएका थिए । कञ्चनजङ्घा आधार शिविर पुग्न पाँचथरको गणेशचोक हुँदै सिरिजङ्घा गाउँपालिका भएर वा काठमाडौँबाट हवाईमार्गमार्फत सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरिन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६...
यी १५ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
काठमाण्डौा । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार...
विदेशी मुद्राको विनिमयदर, कुन मुद्राको दाम कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
त्यस्तै,...
शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७१...
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
सोपान फर्मास्युटिकल्सको आईपीओ भोलि बाँडफाँड हुने, ३ लाख ४७ हजारले पाउनेछन् शेयर
काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ बिहिबार बिहान ९ बजे आईपीओ बाँडफाँडको तयारी गरेको हो । आईपीओमा २९ लाख १४ हजार ४४३ जनाले आवेदन दिएका थिए । कम्पनीले सर्वसाध...



