बुधबार, २४ भदौ २०८३
नेपाली

नेपाल-चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध

Main News Image

काठमाडौँ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मित्तेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले जनधनसहित ठूलो संख्यामा ट्रक र कन्टेनरहरूमा क्षति पुर्‍याएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र दिँदै तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ । 

महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाका अनुसार २०८२ असार २४ गते आएको बाढीले केरुङ नाका आसपासका क्षेत्रहरूमा व्यापक क्षति पुर्‍याएको र जसका कारण नेपालतर्फका सयौं ट्रक कन्टेनरहरू बगाएका छन् ।

यस्तै, झण्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अल्झिएका छन्। ती कन्टेनरहरूमध्ये धेरैमा नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड रहेको र ढुवानी अवरुद्ध हुँदा व्यवसायीहरू ठूलो आर्थिक संकटमा परेको महासंघले जनाएको छ। महासंघले परराष्ट्र मन्त्रालयलाई चीन सरकारसँग समन्वय गरी केरुङ नाकामा रोकिएका कन्टेनरहरू छिटो नेपाल ल्याउने प्रक्रिया सहज बनाउन आग्रह गरेको छ। महासचिव बाँनियाले भने, “यस विषयमा बुधबार परराष्ट्र मन्त्रालयका सचिवसँग भेटघाट पनि भएको छ।

mediabaaji add

सम्बन्धित खबर

पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन इरानको आह्वान

काठमाडौँ । ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गरेको छ । इरानले युवाहरूलाई सुरक्षाका लागि सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम...

कोरियामा एक महिनामा तीन नेपालीको मृत्यु

काठमाण्डौँ ।दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिक...

अमेरिकामा नेपालीलाई सरकारी सहुलियत लिन कडाइ, गलत विवरण बुझाए भिसा र ग्रिनकार्ड रद्द हुने

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी नीतिमा थप कडाइ गरेसँगै अमेरिकामा रहेका नेपालीहरूले त्यहाँको सरकारबाट पाउने विभिन्न सामाजिक सहुलियतहरू उपभोग गर्न नपाउने भएका छन् ।

ड्रोन र मिसाइलको अवशेष खस्दा आबुधाबीमा ७ नेपाली घाइते

काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबीस्थित एजबान क्षेत्रमा हवाई रक्षा प्रणालीद्वारा मिसाइल तथा ड्रोन सफलतापूर्वक अवरोध गरिएपछि खसेको भग्नावशेषका कारण १२ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार घाइतेमध्ये ७ जना नेपाली र ५ जना भारतीय नागरि...

इरानमाथि सैनिक आक्रमण पुनः सुरु गर्दै अमेरिका

काठमाडौँ । मध्यपूर्वमा पुनः भयानक युद्ध सुरु हुने भएको छ । अमेरिकाले अबको केही घण्टाभित्रैमा इरानमा भिषण आक्रमणको तयारी गरेसँगै मध्यपूर्वको आकाशमा युद्धको कालोबादल मडारिन पुगेको छ ।

अमेरिका र इजरायलले अबको केही घण्टा वा आजै रातिबाट सैनिक आक्...

भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण

काठमाडौँ । भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५/२६ १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ मा मुलुकको वास्तविक कुल गार्हस्थ्य उत्पादन ७दशमलव४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यो प्र...