भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको ट्रम्पको दाबी
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भेनेजुएलामा गरिएको ‘ठूलो स्तरको’ आक्रमणपछि उनीहरूलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी ट्रम्पले गरेका छन् ।
यसअघि भेनेजुएलाको सरकारले अमेरिकाले देशका विभिन्न राज्यमा रहेका नागरिक तथा सैनिक प्रतिष्ठानमाथि आक्रमण गरेको आरोप लगाउँदै वाशिङ्टनको ‘सैनिक आक्रामकता’अस्वीकार गरेको थियो । लगातारका आक्रमणपछि राष्ट्रपति मादुरोको सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरेको छ। घटनाक्रमपछि अमेरिका–भेनेजुएला सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएको छ ।
अमेरिकाले शनिबार मध्यराति भेनेजुएलाको राजधानी काराकास, मिरान्डा, अरागुआ र ला गुएरा राज्यमा रहेका सैन्य अड्डाहरूमा हवाई आक्रमण गरेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
उत्तराखण्ड केन्द्रविन्दु भएर ५.१ रेक्टरको भूकम्प, सुदूरपश्चिमका जिल्लाहरूमा पनि महसुस
काठमाण्डौँ । भारतको उत्तराखण्ड केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा पनि महसुस गरिएको छ। राति २२स्३८ बजे गएको यस भूकम्पको तीव्रता ५.१ रेक्टर स्केल मापन गरिएको छ।
भारतको उत्तराखण्ड राज्यस्थित नेपालको दार्चुलाबाट...
पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु
काठमाण्डौँ । पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २० मिटर भन्दा तल खोलामा खसेर दुर्घटना हुँदा, कम्तिमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस पाहाडी दाना सार क्षेत्रको गहिर...
खामेनीको पार्थिव शरीर ग्रान्ड मोसल्लामा राख्ने तयारी
काठमाडौँ । अमेरिका-इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको ग्रान्ड मोसल्ल...
रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन् । मोदीले दुवै नेतासँग सोमबार टेलिफोन संवाद गर्दै हालै सम्पन्न निर्वाचनमा रास्वपाको जीतका लागि बधाई दिएका छन्। मोदी...
ट्रम्पको कर लगाउने धम्कीपछि चीनले दियो यस्तो जवाफ
काठमाडौँ । चीनले इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई आधारहीन र दुर्भावनापूर्ण भन्दै अस्वीकार गरेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टहरूका बीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको दाबी पुनः दोहोर्य...
इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार
काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आकाशमै निष्क्रिय पारिएको इजरायलले जनाएको छ । दक्षिणी इजरायलका दुई शहरमा इरानी आक्रमणबाट कम्तीमा १७५ जन...



