शनिबार, ३१ असोज २०८३
नेपाली

इरानसँगको युद्धविराम अवधि लम्बाउन ट्रम्प बाध्य

Main News Image

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमा युद्धविराम अवधि लम्ब्याउन बाध्य भएका छन् । मार्च ७ मा १४ दिनका लागि भएको युद्धविराम अवधि बुधबारदेखि समाप्त हुँदै थियो । युद्धविराम अवधि समाप्त हुन केही घन्टा बाँकी हुँदा ट्रम्पले यसको अवधि अनिश्चितकालका लागि बढाइएको घोषणा आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमार्फत गरेका हुन् ।

ट्रम्पले तेहरानले एउटा एकीकृत प्रस्ताव पेस नगरेसम्म इरानी बन्दरगाहहरूको नाकाबन्दी जारी रहने स्पष्ट पारेका छन् । यसअघि यो साता युद्धविरामको म्याद सकिन लागेकाले अमेरिका–इरान वार्ताको भविष्य अन्योलमा रहेको थियो । ‘हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार अवस्थामा रहन निर्देशन दिएको छु,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरूको प्रस्ताव प्रस्तुत नभएसम्म र वार्ता निष्कर्षमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ ।’

यसअघि ट्रम्पले युद्धविराम अवधि नबढाउने बताएका थिए । १४ दिनको युद्धविराम समयभित्रै दीर्घकालीन सम्झौता हुनुपर्ने, त्यसो नभए इरानको ऊर्जा संरचना र पुलहरू ध्वस्त पार्ने चेतावनी उनले दिएका थिए ।

mediabaaji add

सम्बन्धित खबर

थाइल्याण्डमा उच्च गतिमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु

काठमाडौँ । थाइल्यान्डको नाखोन राचासिमा प्रान्तमा निर्माणाधीन क्रेन गुडिरहेको एक्सप्रेस रेलमाथि खसेर दुर्घटना भएको छ। यस घटनामा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेका यात्रुहरूलाई मुक्त गर्न प्रय...

पेट्रोल र डिजेल कारमा लगाउने भनिएको प्रतिबन्ध फिर्ता लियो ईयूले, स्पेनका प्रधानमन्त्रीको कडा आलोचना

काठमाडौँ । युरोपेली सङ्घ ईयूले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको छ ।

यस कदमको स्पेनका प्रधानमन्त्री पेड्रो...

जन्मेकै स्थानमा गरिनेछ खामेनकी अन्त्येष्टि

काठमाण्डौा । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ । तर यसको मिति र समय निश्चित भइसकेको छैन । इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव इमाम रेजाको मन्दिर नजिकै गाडिनेछ ।

खामेनीको जन्म पनि...

इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार

काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आकाशमै निष्क्रिय पारिएको इजरायलले जनाएको छ । दक्षिणी इजरायलका दुई शहरमा इरानी आक्रमणबाट कम्तीमा १७५ जन...

अफगानिस्तानमा २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक

काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयोगको आवश्यकता महसुस गरेका छन् । तीमध्ये करिब १२ लाख बालबालिका रहेका छन् ।

प्रतिवेदनमा लगातारको...

अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा मध्यपूर्वमा सैन्य विमान परिचालन : नागरिक उद्धारमा जुटे दुवै देश

काठमाडौँ । अष्ट्रेलियाले आफ्ना नागरिकको आकस्मिक निष्कासन योजना अनुरूप मध्यपूर्वमा दुईवटा सैन्य विमान तैनाथ गरेको छ । अमेरिका–इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किएपछि विभिन्न देशहरूले आफ्ना...