मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

Main News Image

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धलाई लिएर फेरि एकपटक ठूलो दाबी गरेका छन् । ‘ट्रुथ सोसल’ मा एउटा पोस्ट गर्दै उनले इरान विरुद्धको युद्ध चाँडै अन्त्य गर्नेबारे विचार गरिरहेको बताएका छन् । तर अर्कोतर्फ, अमेरिकाले इरानमा स्थल सेना उतार्ने सम्भावनाबारे पनि विचार गरिरहेको रिपोर्टहरू सार्वजनिक भएका छन् ।

युद्ध अन्त्य गर्ने सम्बन्धमा ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “हामी इरानको आतङ्की शासनको सन्दर्भमा मध्यपूर्वमा हाम्रा ठूला सैन्य अभियानहरू बिस्तारै समाप्त गर्नेबारे सोचिरहेका छौँ, किनकि हामी आफ्ना लक्ष्यहरू प्राप्त गर्ने निकै नजिक छौँ ।”


mediabaaji add

सम्बन्धित खबर

इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ । मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छ...

ट्रम्पको कर लगाउने धम्कीपछि चीनले दियो यस्तो जवाफ

काठमाडौँ । चीनले इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई आधारहीन र दुर्भावनापूर्ण भन्दै अस्वीकार गरेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टहरूका बीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको दाबी पुनः दोहोर्‍य...

नजिकिँदै ट्रम्पको ‘होर्मुज अल्टिमेटम’, देखिएन इरानको सहमतिको संकेत

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाँच सातादेखि जारी इरान विरुद्धको अमेरिकी इजरेली युद्धका क्रममा पटकपटक समयसीमाहरू तोके, मागहरू प्रस्तुत गरे र धम्कीहरू दिए। तर विरलै ती यति स्पष्ट थिए । इरान विरुद्धको नयाँ चरणको हमला विनाशकारी हुने...

ईयूले लगायो रूसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध

काठमाडौँ । युरोपेली सङ्घ ईयुले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो । सङ्घले जारी गरेको व...

होर्मुज खोल्न सहयोग नगरे नेटोको भविष्य ‘धेरै खराब’ हुन सक्ने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूले होर्मुज जलमार्ग खोल्न सहयोग नगरे उत्तर एट्लान्टिक सन्धि संगठन ९नेटो०को भविष्यका लागि ‘धेरै खराब’ हुनसक्ने चेतावनी दिएका छन् । फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले यस्त...

वार्ता असफल भएपछि होर्मुज सदाका लागि बन्द गरिदिने ट्रम्पको धम्की

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज सदाका लागि बन्द गर्न सकिने चेतावनी दिएका छन् । इरानले अवरोध नहटाए अमेरिकाले नै उक्त समुद्री मार्ग बन्द गर्ने प्रक्रिया अघि बढाउने संकेत उनले दिएका हुन् ।