इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धलाई लिएर फेरि एकपटक ठूलो दाबी गरेका छन् । ‘ट्रुथ सोसल’ मा एउटा पोस्ट गर्दै उनले इरान विरुद्धको युद्ध चाँडै अन्त्य गर्नेबारे विचार गरिरहेको बताएका छन् । तर अर्कोतर्फ, अमेरिकाले इरानमा स्थल सेना उतार्ने सम्भावनाबारे पनि विचार गरिरहेको रिपोर्टहरू सार्वजनिक भएका छन् ।
युद्ध अन्त्य गर्ने सम्बन्धमा ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “हामी इरानको आतङ्की शासनको सन्दर्भमा मध्यपूर्वमा हाम्रा ठूला सैन्य अभियानहरू बिस्तारै समाप्त गर्नेबारे सोचिरहेका छौँ, किनकि हामी आफ्ना लक्ष्यहरू प्राप्त गर्ने निकै नजिक छौँ ।”
एक्सप्रेस
सम्बन्धित खबर
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी, नेपालद्वारा कृतज्ञता व्यक्त
काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स यूएई सरकारको ५४ औं राष्ट्रिय दिवस ईद अल एतिहादका वसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्...
अफगानिस्तानमा भीषण हिमपात र वर्षा, ३ दिनमा ६१ जनाको मृत्यु
काठमाण्डौँ । अफगानिस्तानको विपद् व्यवस्थापन एजेन्सीले तीन दिनमा देशका धेरै भागमा भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको शनिबार जनाएको छ । हिमपात र हिमपहिरोका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएको र ४०० भन्दा बढी घर ध्वस्त भएका छन्...
अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन् । ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च...
पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु
काठमाण्डौँ । पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २० मिटर भन्दा तल खोलामा खसेर दुर्घटना हुँदा, कम्तिमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस पाहाडी दाना सार क्षेत्रको गहिर...
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौँ । मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट...
भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण
काठमाडौँ । भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५/२६ १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ मा मुलुकको वास्तविक कुल गार्हस्थ्य उत्पादन ७दशमलव४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यो प्र...



