आइतबार, ०८ कात्तिक २०८३
नेपाली

सम्झौता नभए फेरि बमबारी सुरु गर्ने ट्रम्पको चेतावनी

Main News Image

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो बुधबारसम्म शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने सहमति नभए इरानसँगको युद्धविराम अन्त्य हुन सक्ने चेतावनी दिएका छन् । एरिजोनाबाट वासिङटन फर्किने क्रममा एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै उनले भने, हुनसक्छ, म युद्धविरामलाई निरन्तरता दिने छैन । तर, इरानी बन्दरगाहमाथिको नाकाबन्दी जारी रहनेछ । यदि, सम्झौता नभए हामीले दुर्भाग्यवश फेरि बमबारी सुरु गर्नुपर्नेछ ।

ट्रम्पको उक्त भनाइलाई इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबफले अस्वीकार गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले ट्रम्पमाथि एकै घण्टामा ‘सात झुटो दाबी’ गरेको आरोप लगाएका छन् । ट्रम्पले इरान अनिश्चितकालका लागि युद्ध रोक्न र सम्वर्धित युरेनियम बुझाउन सहमत भएको दाबी गरेका थिए, जसलाई इरानले आधिकारिक रूपमा खण्डन गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

हङकङमा रनवेबाट चिप्लिएर विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु

काठमाडौँ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । एमिरेट्स फ्लाइट ईके ९७८८ विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मृतक दुबै विमानभित्रको नभएर विमानस्...