हनी ट्र्यापबाट साढे ६ करोड ठगीको आरोप लागेकी टिकटकर तुलसा अधिकारी पक्राउ
काठमाडौँ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन इन्टरपोलबाट रातो सूची रेड नोटिस जारी भएकी चर्चित टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छिन् । थाइल्यान्डमा पक्राउ परेकी उनलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याएर अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अविनारायण काफ्लेले अधिकारीलाई थाइल्यान्डमा पक्राउ गरेर नेपाल ल्याइपुर्याइएको पुष्टि गरेका छन्। अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी तथा आपराधिक लाभ हनी ट्र्याप लिएको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि उनीविरुद्ध २०८२ चैतमा अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
काठमाण्डौँ । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । बुधबार...
सप्तरीमा पुजारीको गोली हानि हत्या
सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...
वीरगञ्जमा हिन्दू मुस्लिम जुधाउन सुँगुरको टाउको मस्जिदमा फाल्ने प्रयास
काठमाडौँ । वीरगञ्जमा धार्मिक सद्भाव भड्काउन खोज्ने ३ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा सञ्चालन गरिएको विशेष सर्च अपरेसनका क्रममा तीनजनालाई नियन्त्रणमा लि...
२४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यकाभित्र सडक अनुशासन पालना नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्र पारेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न स्थानमा...
सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
काठमाडौँ । मौन अवधिमा पैसासहित सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र २०२००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति साढे १२ बजे...
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि...
काठमाडौँ । ललितपुरमा बोरामा प्याक गरिएको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्को एक व्यक्तिको पनि हत्या भएको खुलेको छ । हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव भक्तपुर–ललितपुर सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको हो...


