बिहिबार, १४ साउन २०८३
नेपाली

काठमाडौँ विमानस्थलमा ३१ लाख रुपैयाँसहित दुई बंगलादेशी पक्राउ

Main News Image

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका दुई बंगलादेशी नागरिक करिब ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रासहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार दिउँसो १ बजे बाटिक एयरको उडान नम्बर ओडी–१८३ मार्फत काठमाडौँबाट मलेसियाको क्वालालम्पुर जान लागेका यात्रुको जाँचका क्रममा उक्त रकम बरामद गरिएको हो ।

पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताज अली र ५० वर्षीय एमडी जाकिर होस्साइन रहेका छन् । उनीहरूले सुटकेसभित्र फल्स बटम बनाएर नगद लुकाई लैजान खोजेको अवस्थामा ब्यागेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा रकम फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोहम्मद इन्ताज अलीबाट १० लाख २५ हजार रुपैयाँ र एमडी जाकिर होस्साइनबाट १२ लाख ३४ हजार रुपैयाँसहित एक हजार अमेरिकी डलर र २० हजार मलेसियन रिङ्गिट बरामद गरिएको छ । बरामद सम्पूर्ण मुद्राको नेपाली मूल्य ३१ लाख ५१ हजार रुपैयाँ बराबर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

ट्याक्टरमा लोड गरिएको ५ सय किलो गाँजासहित ९ जना पक्राउ

काठमाण्डौँ । भोजपुरबाट पाँच क्विन्टल गाँजासहित नौजना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका ९ मचुवाबाट ५ सय किलोग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ पर्नेमध्ये आमचोक गाउँपालिका ९ बस्ने २९ वर्षीय...

धादिङमा कर्मचारी कुटेर फरार रहेका व्यक्ति पक्राउ

काठमाण्डौँ । खानेपानी आयोजनाको अनुगमनमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ २६ गते नीलकण्ठ नगरपालिका–४ स्थित इजारा क्षेत्रमा खानेपानी आयोजनाको निर्माण कार्य निरीक्षण तथा सुपरिवेक्षणक...

काठमाडौँमा ट्राफिक सप्ताह २०८२ जारी : सडक प्रयोगकर्तामा सचेतना फैलाउने अभियान भब्य ढंगले सञ्चालन

काठमाण्डौँ । ट्राफिक सचेतनाको कमि र लापरवाहीले सवारी दुर्घटना नहोस् र कसैले पनि धनजनको क्षति ब्यहोर्न नपरोस् भन्ने उदेश्यका साथ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सुरु गरेको “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ता...

वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कफ्र्यु थप

वीरगञ्ज ।  वीरगञ्जमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ । यसअघि सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार व...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, कुटपिट गर्ने छोरा पक्राउ

काठमाण्डौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट भातेढिकुरमा बस्दै आएकी उदयपुरको कटारी नगरपालिका–५ घर भएकी ४० वर्षीया मेघिया चौधरीको मृत्यु भएको प्रहरी जनाएको छ ।

शुक्रबार स...

अख्तियार प्रमुखसहित १० जनालाई धम्की दिने पाठकलाई लिन प्रहरी टोली फिलिपिन्स जाँदै

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई ज्यानको धम्की दिने प्रकाश पाठकलाई स्वदेश ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जान लागेको छ ।

फिलिपिन्सले पाठकविरुद्ध निष्कासन प्रक्रिया सुरु...