लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो, २५ जना अझै सम्पर्कविहीन
रसुवा । रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरङभित्रबाट दुई जनाको शव निकालिएको छ । सुरङमा खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार ती शवहरू बाहिर निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए ।
यसअघि सरकारी उद्धार टोली सुरङको मुख्य बाटोबाट भित्र छिर्ने प्रयास गरे पनि ढुङ्गा, माटो र लेदो भरिएकाले करिब १०० मिटरभन्दा अघि बढ्न सकेको थिएन। त्यसपछि आयोजनाका प्राविधिकहरूसहितको टोली बैकल्पिक उद्धार कार्यमा जुटेको थियो ।
बुधबार हाइड्रो(मेकानिकल इन्जिनियरसहितको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र पसेर करिब १५० मिटर माथिसम्म पुग्न सफल भएको थियो। सोही पेनस्टक पाइपको बाटो प्रयोग गरी सेनाले बिहीबार दुई जनाको शव बाहिर निकालेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
काठमाडौँ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने...
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ३८ जना निको भएर घर फर्किएका छन् । बाढीमा घाइते भएका कुल ५८ जनाको उद्धार गरी काठमाडौं ल्याइएको थियो ।
जिल्ला प्रहरी परिसर काठम...



