आइतबार, ०४ असोज २०८३
नेपाली

नेपाल प्रहरीका दुई डीआईजीको सरुवा, अख्तियारमा अरुण पौडेल

Main News Image

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक डीआईजीको सरुवा गरेको छ। मन्त्रालयले असार १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका दुई उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो ।

नयाँ निर्णयअनुसार प्रहरी प्रधान कार्यालय, कार्य विभागको कार्य निर्देशनालय, नक्सालमा कार्यरत डीआईजी अरुण पौडेलको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, टंगालमा सरुवा भएको छ । यसैगरी, यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी शेखर खनाललाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा सरुवा गरिएको  छ ।


mediabaaji add

सम्बन्धित खबर

इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

काठमाडौँ । ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आइतबार बिहान करिब १० बजे हरिसिद्धिस्थित होसना इँटाभट्टामा पर्खाल भत्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पर्खालको...

रौतहटको गौरमा कर्फ्यू आदेश जारी

काठमाडौँ । रौतहटको गौरमा दुइ समुदायबीचको झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समूदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र...

जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत शनिबार जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाह...

रास्वपाको सदस्यता देखाएर गहुँ र चिनीको तस्करी गर्ने विकास लुनिया को हुन् ?

काठमाडौँ । एक खाद्यान्न व्यपारीले रास्वपाको सदस्य हुँ भन्दै खाद्यान्नको अबैध कारोबारमा संलग्न रहेको पाइएको छ । भन्सार बाहिरबाट वस्तु ल्याएर बिक्री गर्न पल्किएका ती व्यापारी ‘सिजनल’ रुप धारणा गरी ‘सिजनल’ तस्करीमा लागेका हुन् । बिराटनगरलाई आधार बनाए...

थानकोटमा भिनाजुको चक्कु प्रहारबाट सालोको मृत्यु

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा एक दुःखद पारिवारिक घटना सार्वजनिक भएको छ । महोत्तरी घर भई हाल थानकोट बस्दै आएका भिनाजु समी अहमद र सालो जाकिर मन्सुरीबीचको सामान्य घरायसी झगडाले उग्र रूप लिँदा मन्सुरीले ज्यान गुमाउनुपरेको छ ।<...

सिरहामा गोली चल्यो : गोलबजारमा १ जनाको मृत्यु , ११ मोटरसाइकल खरानी !

काठमाडौँ । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनको शव हालसम्म सडकमा नै छ...