नेपाल प्रहरीका दुई डीआईजीको सरुवा, अख्तियारमा अरुण पौडेल
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक डीआईजीको सरुवा गरेको छ। मन्त्रालयले असार १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका दुई उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो ।
नयाँ निर्णयअनुसार प्रहरी प्रधान कार्यालय, कार्य विभागको कार्य निर्देशनालय, नक्सालमा कार्यरत डीआईजी अरुण पौडेलको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, टंगालमा सरुवा भएको छ । यसैगरी, यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी शेखर खनाललाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
स्रोत नखुलेको १५ लाखसहित चार जना प्रहरी नियन्त्रणमा
रामेछाप । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन...
रौतहटमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते
काठमाण्डौँ । रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन् । स्थानीय हिन्दु समुदाय बाजा बजाउँदै जन्ती गएको विषयमा मुस्लिम समुदायले विरोध गरेपछि विवाद सुरु भएको थियो । बिहीबार राति नै एक चरण झडप भएको थियो । प्र...



