अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन् । दार्चुलाबाट जुम्ला जाँदै गरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका मकवानपुर, हेटौँडा उपमहानगरपालिका बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका–५ बस्ने ४५ वर्षका रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउपालिका–४ का अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज उपमहागरपालिका–५ का चट्टान गुप्ताको उपचार भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मधेस र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थान...
ट्रेड युनियनमा लागेका कर्मचारीलाई निर्वाचनमा नखटाइने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्तरका ट्रेड युनियनमा आबद्ध कर्मचारीलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नखटाउने निर्णय गरेको छ ।
आयोगका अनुसार निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघसंस्थासँग सम्बन्धित राष्ट्रिय स्तरका ट्रेड य...
मंगलबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ ।
गण्डकी,...
आज यी स्थानमा ठुलो वर्षाको सम्भावना
काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। ती आसपासका क्षेत्रमा थप वर्षा हुन...
बिपी राजमार्गको खुर्कोट-भकुण्डेबेंसी खण्डमा राती सवारी चलाउन नपाईने
काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेंसी सडक खण्डमा राति ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी आवागमनमा पूर्ण रोक लगाएको छ । २०८१ असोजमा रोशी खोलामा आएको बाढीले क्षति पुर्याएको यस सडक खण्ड अहिले...
हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति
काठमाण्डौँ । बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति भएको छ । साँझ तिर आएको वर्षात सँगैको हावाहुरी र चट्याङले यहाँका विभिन्न ठाउँमा क्षति पुयाएको हो । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-२ माथिल्लो हुनीमा अविरल वर्षाको कारण पहिरो...



