एनपीएलमा आज दुई खेल : पहिलो जितको खोजीमा काठमाडौं, शीर्ष स्थान बलियो बनाउने दाउमा कर्णाली र चितवन
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज सोमबार दुई महत्त्वपुर्ण खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दिनको पहिलो खेलमा दिउँसो १२:३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन्। प्रतियोगितामा काठमाडौँ आफ्नो पहिलो जितको खोजीमा रहेको छ। यसअघि खेलिएको आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौँका लागि आजको खेल जित्दै अंक तालिकामा खाता खोल्ने दबाब छ।
अर्कोतर्फ, कर्णाली याक्स उत्कृष्ट लयमा देखिएको छ । अहिलेसम्म खेलेका दुवै खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सविरुद्ध जित निकाल्दै ४ अंक जोडिसकेको कर्णाली आज लगातार तेस्रो जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाउने रणनीतिसहित मैदान उत्रनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
१६ वर्षपछि स्पेन विश्वकपको क्वाटरफाइनलमा, पोर्चुगल पराजित
काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक तथा निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १(० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस पराजयसँगै उपाधि दाबेदार मानिएको पोर्चुगलको विश्वकप यात्रा भने नकआउ...
रोमाञ्चक पुनरागमनसँगै इजिप्टलाई हराएर साविक विजेता अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा
काठमाडौँ । साविक विजेता अर्जेन्टिना संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित ‘फिफा विश्वकप(२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टास्थित मर्सिडिज(बेन्ज स्टेडियममा नेपाली समयअनुसार असार २४ गते भएक...
रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी
काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...
एनओसीले १४ खेलाडीलाई छात्रवृत्ति दिने, भयो सम्झौता
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी एनओसीले ओलम्पिक खेलकुद, एसियाली खेलकुद र युवा ओलम्पिक खेलकुद खेल्ने खेलाडीहरूलाई छात्रवृत्ति दिने भएको छ । एनओसीले विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसी...
क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
काठमाण्डौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ को आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो ।
एसीसी पुरुष प्रिमियर कप : लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले ६ अङ्कका साथ समूह चरणको अन्तिम खेलअघि नै अन्तिम चार सेमिफ...



