सवारी दुर्घटनामा दुई जनाको मृत्यु
पर्सा । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीे विष्णुप्रदीप बस्यालका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको छ ।
गङ्गापिपराबाट गौर आइरहेको बिआर३०यु १३७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सिसौको रुखमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक जितेन्द्र साह र मोटरसाइकल पछाडि पर्ने यमुनामाई गाउँपालिका–४ सरुअठा बस्ने २२ वर्र्षे पुनमदेवी साहको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवै जनालाई गौर प्रादेशिक अस्पताल उपचार गर्नका लागि पठाइएको थियो ।
प्रहरीका अनुसार चालक जितेन्द्र साहको टाउको, मुख र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर भएर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । त्यस्तै, पछाडि बस्ने पुनमदेवीको पनि टाउको, मुख र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
त्रिशूलीमा फेला परेको बस सिमलतालमा पहिरोले पुरेको ‘गणपति डिलक्स’
काठमाडौँ । त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ दोद्राङ बेसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पार्ट्सपुर्जा फेला परेको थियो । पार...
अघिल्लो दिनभन्दा घट्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौँ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजो भन्दा तल झरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको हो । हिजो यस बेला यो तापक्रम ५.५ डिग्री सेल्सियस...
पहिरोले मनकामना सडक प्रभावित, केबलकार सेवा भने सञ्चालनमा
काठमाडौँ । मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन केही प्रभावित भएको छ। यद्यपि, मनकामना मन्दिर दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा रहेको जनाइएको छ ।
पहिरोका कारण सवारी साधनलाई साविकको पार्किङ स्...
दुर्गा प्रसाईं पक्राउबारे मानव अधिकार आयोगको चासो
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट म...
आज देशभर मौसम मुख्यतया सफा रहने, एक दुई स्थानमा हल्का वर्षा !
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्र...
शुक्रबार मगर दिवसको सार्वजनिक बिदा
गुल्मी । जिल्लाका ९ स्थानीय सरकारले मगर दिवसको अवसरमा शुक्रबार अर्थात फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् । कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट, मालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर दिवसको अवसरमा १५ फ...

