वीरगञ्जमा दुई युवामाथि छुरा प्रहार
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं १६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ । घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। घाइते दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मंगलबार साँझ करिब ६ः४५ बजे घर अगाडि आगो ताप्दै बसेका बेला पुरानो रिसिबीका कारण छिमेकीले विकास र सुरजमाथि धारिलो हतियार प्रहार भएको हो । घटनामा विकासको टाउकोमा र सुरजको पेटमा चोट लागेको उनले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान अनुसार घाइते र आक्रमणकर्ताबीच यसअघि पनि विवाद भएको र सोही रिसिबीका कारण घटना घटेको देखिएको एसपी पाठकले बताए । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको उनको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
दुर्गा प्रसाईंविरुद्धको प्रहरी अनुसन्धान पूरा
काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार अनुसन्धान प्रतिव...
निर्वाचन स्वच्छ र भयरहित अनिवार्य सर्त, सुरक्षाकर्मीको मनोबल उच्च
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ व...



