आइतबार, ०८ कात्तिक २०८३
नेपाली

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी, नेपालद्वारा कृतज्ञता व्यक्त

Main News Image

काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स यूएई सरकारको ५४ औं राष्ट्रिय दिवस ईद अल एतिहादका वसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आज एक विज्ञप्ति निकालेर सराहना गरेको छ । 

उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटकको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

mediabaaji add

सम्बन्धित खबर

होर्मुज स्ट्रेटमा इरानले नयाँ प्रणाली लागू गर्ने, कुवेत र यूएईलाई कडा चेतावनी

काठमाण्डौँ । इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले आफ्नो देशले चाँडै नै रणनीतिक महत्त्वको होर्मुज स्ट्रेटबाट हुने जहाज आवतजावतका लागि नयाँ प्रणाली लागू गर्न लागेको घोषणा गरेका छन् । शनिबार सञ्चारमाध्यमहरूसँ...