बिहिबार, ०७ जेठ २०८३
नेपाली

एमाले महाधिवेशन : ओलीको खल्तीमा पदाधिकारी र केन्द्रीय सदस्यको सूची

Main News Image

काठमाडौँ । जेनजी विद्रोहका कारण सत्ताबाट बर्हिगमनमा परेको नेकपा एमालेको ११ औं महाधिवेशन आउन अब नौ दिनमात्रै बाँकी छ । महाविधेशनको तयारी तीव्र रुपले चलिरहँदा आगामी नेतृत्वका विषयमा पनि तीव्र चासो बढ्न थालेको छ । यो महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सहयोग गरेका कारण ओलीले पनि त्यही अनुसारको तयारी गरिरहेका छन् । अर्थात् यो महाधिवेशनमा ओली र पोखरेलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । दशौं महाविधेशनमा भीम रावलले प्रतिस्पर्धा गरेपनि उनलाई ओलीले चुनौतीका रुपमा लिएका थिएनन् । आफूले चाहे अनुसारको टीम बनाएर ओलीले चार वर्ष पार्टीको नेतृत्व गरिसकेका छन् । अहिले पनि ओली अध्यक्षमा प्रतिस्पर्धा चाहँदैनन् ।

तर ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी नै घोषणा गरिसकेको र उनलाई पूर्व राष्ट्रपतिको साथ र सहयोग गरेका कारण ओलीलाई चुनौती थपिएको छ। यतिबेला गुण्डुमा बसेर महाधिवेशनमा आफ्नो पक्षबाट टीम बनाउने काम गरिरहेका छन् । आफू, आफ्ना पदाधिकारी र केन्द्रीय सदस्यको नाम लिष्ट लिएर ओलीले उनीहरुलाई नै मत हाल्न प्रतिनिधिहरुलाई निर्देशन दिन थालिसकेका छन् । आफूलाई भेट्न गुन्डु पुग्ने नेता कार्यकर्तालाई ओलीले ‘मलाई मात्रै होइन, टीमलाई नै मत हाल्नुपर्छ’ भन्ने गरेको स्रोतले जनाएको छ । ओलीले क कसलाई पदाधिकारी र केन्द्रीय सदस्य बनाउने भनेर नाम लिस्ट तयार पार्न थालेका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

जनकपुरधाम । मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सभामुख रामचन्द्र मण्डलले गत कात्तिक २७ गते जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीको पाँच प्रदेशसभा सदस्यहरूला...

मिराज नेतृत्वको जेनजी समूहको माइतीघरमा धर्ना !

काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन् ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन हिजो सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन...

सात दिनभित्र प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्न जसपा नेपालको निर्देशन

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन दिएको छ ।

पार्टी विधानको धारा ११७ उपधारा ३ मा व्यवस्था भए बमोजिम उम्मेदवार सम्बन्धी मापदण्ड र योग्यता पूरा गर...

स्वच्छ निर्वाचन गराउन आयोग क्रियाशील छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएका छन्। आयोगले बिहीबार आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उनले निर्व...

दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै

काठमाडौँ । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज औपचारिक घोषण सभा गरिँदैछ । घोषणा सभा दमकको आदिवासी रङ्गशालामा हुन लागेको राष्ट्रिय परिवर्तन पा...

भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन् । सोमबार नेकपा ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद...