मङ्गलबार, ०३ कात्तिक २०८३
नेपाली

एमाले संसदीय दलको बैठक जारी, ओलीले सांसदलाई विशेष निर्देशन दिने

Main News Image

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा अहिले बसिरहेको छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । ओलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने निर्णय गरिसकेका छन् ।

बैठकमा अध्यक्ष ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिने कार्यक्रम रहेको एमालेका नेताहरूले जानकारी दिएका छन्। बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको आगामी रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

विशेष महाधिवेशनसम्बन्धी आदेश पुनरावलोकनका लागि देउवा पक्षद्वारा सर्वोच्चमा निवेदन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई आधिकारिक ठहर गर्दै दिएको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले निवे...

सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने बाटो खुल्यो, राजपत्रमा सूचना प्रकाशित

काठमाडौँ । सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न पाउने बाटो खुलेको छ । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गर्दै यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरेसँगै यो बाटो खुलेको हो ।

यसअघि ५ असोज २०८२ मा बसेको मन्त्रिपरिषद् बैठ...

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवले दाबी पेश

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख डा। सुरेन्द्र लाभ समक्ष सात दलको बहुमतसहित कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मुख्यमन्...

मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनलाई कारबाही गरिने

काठमाडौँ । निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ । आयोगले यही फागुन २१ गते हुन लागेको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिता विपरीत मत सर्वेक्षणको लाइभ गरेको भन्दै ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निक...

काभ्रेका अधिकांश उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्

काठमाण्डौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो। जिल्लाका कूल उम्मेदवारमध्ये कतिपयले १०...

रमेश लेखकको टिकट खोसियो

काठमाडौँ । जेनजी आन्दोलन दमन गरेको आरोप लागेका तत्कालीन गृहमन्त्री रहेश लेखकको टिकट खोसिएको छ । नेपाली कांग्रेसले यसअघि लेखकले चुनाब लड्दै आएको क्षेत्र कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ । बोहरा कांग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन्...