मङ्गलबार, ०२ भदौ २०८३
नेपाली

उपरजिस्ट्रार पराजुलीको निधन, आजका लागि तय भएका सबै सुनुवाइ स्थगित

Main News Image

ललितपुर । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ। उहाँको निधनप्रति शोक व्यक्त गर्दै अदालतले आजका लागि तय भएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।

अदालतले सूचना जारी गरी अदालत परिवार शोकमा रहेकाले आजका सम्पूर्ण इजलासबाट हुने सुनुवाइ स्थगित गरिएको जनाएको छ। साथै, स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्बन्धित सबै पक्षलाई सुनुवाइ स्थगित भएको जानकारी गराएको छ।

mediabaaji add

सम्बन्धित खबर

डेडिकेटेड र ट्रंकलाइन विवाद टुङ्गियो : धरौटीमा लाइन जडान गर्ने सहमति

काठमाडौँ । उच्चस्तरीय छलफलमा डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी प्रस्तावमा सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलबाट दुवै पक्षलाई स्वीकार्य हुने मध्यमार्गी प्रस्ताव अघि सारिएको हो । प...

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ । २०८३ साल साउन ३ गते आइतबार सन् २०२६ जुलाई १९ तारिख। असार शुक्ल पक्षको षष्ठी तिथि । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा उल...

चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा । रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले आमाछोद...

निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

काठमाडौँ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ ।

बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त...

सडकमा धुलो झारेर प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडकमा धुलो खसालेर वातावरण प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका वडा नं १५ किमाडोलस्थित निर्माणाधीन आवासीय घरमा आवश्यक सावधानी नअपनाई निर्माण सामग्री ओसारपसार गर्दा सडकमा धुलो खसाले...