बिहिबार, २२ असोज २०८३
नेपाली

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

Main News Image

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माणलाई समानान्तर रूपमा तीव्रता दिएको हो। विसं २०८१ चैत महिनादेखि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख रमेश सुवेदीले जानकारी दिए।

‘सुरुङसहितका भूमिगत संरचनालाई अबको आठ महिनाभित्र सकेर फिनिसिङमा लैजाने कार्ययोजनाअनुसार काम अघि बढाएका छौँ’, उनले भने, ‘सिभिल ठेकेदारले सुरुङ, बाँध र विद्युत्गृहको काम तीव्रताका लागि गरिरहेको छ भने प्रसारण लाइन र पेनस्टेक पाइपलाइनको काम पनि चाँडै सुरु हुँदैछ।’

छ हजार ४२५ मिटर मुख्य सुरुङसहित सम्पूर्ण भूमिगत संरचनामध्ये मङ्गलबारसम्म चार हजार २२० मिटर सम्पन्न भएको आयोजना प्रमुख सुवेदीले बताए। धवलागिरि गाउँपालिका–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी ९खारपानी०मा विद्युत्गृह निर्माणाधीन छ।

mediabaaji add

सम्बन्धित खबर

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४३ हज...

सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति ?

काठमाडौँ । आज चैत ३ गते नेपाली बजारमा सुनचाँदीकै भाउ बढेको छ । सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला ७० रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जान...

चुनाव अघि सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम ६ अर्ब माथि

काठमाण्डौँ । चुनाव अघि सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार सेयर बजार परिसुचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १.४४ प्रतिशतले धेरै हो । आज सेयर बजारमा २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ...

सेनासहितको प्राविधिक टोली त्रिशूली-३ ‘बी’ को जलविद्युतस्थलमा खोज तथा उद्धारमा परिचालन

काठमाडौँ । नेपाली सेनासहितको प्राविधिक टोली रसुवाको भोटेकोशी बाढीबाट प्रभावित त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनास्थलमा खोज तथा उद्धारमा परिचालन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्रालयले आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख र साइट...

अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन

काठमाडौँ । अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन दिएको छ । आज भएको छलफलमा समिति सभापतिले सो निर्देशन दिएका हुन् ।

छलफलमा  बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक स...

नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । नबिल बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्।

उक्त सेयरधनीले आफ्नो नाममा रहेको शेयर एकमुष्ट बिक्री गर्न चाहेको भन्दै बैंकमा निवेदन दिएका थिए। सो निव...