मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

अमेरिका र चीनबीच व्यापार सम्झौताको खाकामा सहमति

Main News Image

काठमाडौँ । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन् । अमेरिकामा सामाजिक सञ्जाल टिकटकको सञ्चालन अमेरिकी स्वामित्वमा हुने र दुर्लभ खनिज पदार्थहरूमा चीनले कायम गरेको नियन्त्रण स्थगित गर्ने निर्णय अन्तिम सम्झौताका लागि तयार रहेको बेसेन्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानमा प्रस्ताव गरेको १०० प्रतिशत कर लागू हुने सम्भावना आफूले नदेखेको बताए। चीनले अमेरिकाबाट ठूलो परिमाणमा भटमास खरिद पुनः सुरु गर्ने विषय पनि समेटिएको बेसेन्टले बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच बिहीवार दक्षिण कोरियामा भेट हुने तय भएको छ। बेसेन्टले दुई देशहरूबीच दुई नेताको भेटका लागि ठोस खाकामा सहमति जुटेको बताएका छन्। उनले करहरू रोकिने पनि बताएका छन्।

चिनियाँ सरकारले एक विज्ञप्तिमा दुवै वार्तारत पक्ष ‘आफ्नो चासो सम्बोधन गर्ने सम्झौताका लागि प्रारम्भिक सहमतिमा पुगेको’ जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला

काठमाडौँ । अमेरिका र इरानबिचको युद्ध झन् चर्किएको छ । युद्धविरामसम्बन्धी समझदारी भएको करिब ३० दिनपछि पुनः सुरु भएको द्वन्द्वमा अमेरिकाले लगातार १०औँ रात इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

इरानको बन्दर अब्बास, सिरिक, केश्म टापु, च...