विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने अमेरिकाको घोषणा
काठमाडौँ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णयमा रोक लगाएको हो । अमेरिकी नागरिकता एवं आप्रवासन सेवा यूएससीआईएसका निर्देशक जोसेफ एडलोले एक्समा पोस्ट गरेर यसबारे जानकारी दिएका छन् । एडलोले पोस्टमा भनेका छन्, ‘अमेरिकी नागरिकको सुरक्षा सधैँ सबैभन्दा पहिलो आउँछ ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वका देशका अमेरिका आउन नदिने अभिव्यक्ति दिएको केही घण्टापछि एडलोले शरण नदिने सम्बन्धी घोषणा गरेको बीबीसीले जनाएको छ । बुधबार वाशिङटन डीसीमा ह्वाइट हाउस नजिकै नेशनल गार्डका दुई सदस्यमाथि गोली प्रहार भएको थियो । गोलीबाट गम्भीर घाइते भएकामध्ये एक गार्डको मृत्यु भएको थियो । यस घटनामा संलग्न रहेको आशंकामा अफगान नागरिकलाई पक्राउ गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
जहाजमा ड्रोन प्रहारपछि अमेरिकाले इरानमाथि गर्यो नयाँ हमला
काठमाडौँ । होर्मुज स्ट्रेटमा पनामाको झण्डा अंकित एक व्यापारिक जहाजमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानमाथि नयाँ हवाई हमला गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले इरानभित्र रहेका विभिन्न ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरिएको पुष्टि गरेको छ ।...



