हर्मुज जलघाँटीमा इरानले शुल्क उठाउन थालेपछि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध
काठमाडौँ । रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी स्ट्रेट हुँदै हुने समुद्री आवागमनबाट शुल्क असुल्ने इरानी निकायविरुद्ध अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको छ । तेहरानमाथिको आर्थिक नाकाबन्दी र दबाबलाई अझ कडा बनाउने उद्देश्यका साथ अमेरिकी अर्थ मन्त्रालयले बुधबार इरानको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ लाई प्रतिबन्धको सूचीमा राखेको हो ।
वासिङ्टनका अनुसार प्रतिबन्धित उक्त इरानी निकायले विश्व ऊर्जा आपूर्तिको लाइफलाइन मानिने हर्मुज जलघाँटी प्रयोग गर्ने मालवाहक जहाजहरूबाट शुल्क उठाउने संयन्त्र सञ्चालन गरिरहेको छ । यो नयाँ कदममार्फत अमेरिकाले जलमार्गमा इरानको बढ्दो आर्थिक नियन्त्रणलाई रोक्न र उसको अर्थतन्त्रलाई थप शिथिल बनाउन खोजेको प्रस्ट देखिन्छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एक विशेष विज्ञप्ति जारी गर्दै इरानी सेनाले अन्तर्राष्ट्रिय समुद्री व्यापारबाट आर्थिक फाइदा लिन खोजेको आरोप लगाएका छन् । उनले इरानको यस्तो प्रयासले तेहरान चरम नगद अभावको दबाबमा परेको सङ्केत गरेको दाबी गरेका छन् । इरानी नेतृत्वले आफ्नो सैन्य र आणविक कार्यक्रम सञ्चालनका लागि नयाँ राजस्व स्रोतको खोजी गरिरहेको बेसेन्टको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रिपब्लिकन नियन्त्रित सिनेटमा इरान युद्ध विरुद्ध प्रस्ताव पारित
काठमाडौँ । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरुद्ध सैन्य कारबाही रोक्न वा जारी राख्नु अघि कंग्रेसको स्वीकृति लिन निर्देशन दिने युद्ध प्रस्तावलाई पारित गरेको छ । अमेरिकी सिनेटमा उनको रिपब्लिकन पार्टीको नियन्त्रण रहेकोले यसलाई ट्रम...
अमेरिकामा बिरामी बोकेको विमान समुद्रमा खस्यो, सबैको मृत्यु भएको आशंका
काठमाण्डौँ । अमेरिकाको म्यासाचुसेट्सको तटबाट बेपत्ता भएको मेडिकल ट्रान्सपोर्ट विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ। हार्टबिट १०४ कलसाइन भएको उक्त विमान शनिबार बर्मुडाबाट बोस्टन जाँदै गर्दा बेपत्ता भएको थियो।
यद्यपि शनिबार साँ...
इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धलाई लिएर फेरि एकपटक ठूलो दाबी गरेका छन् । ‘ट्रुथ सोसल’ मा एउटा पोस्ट गर्दै उनले इरान विरुद्धको युद्ध चाँडै अन्त्य गर्नेबारे विचार गरिरहेको बताएका छन् । तर अर्कोतर्फ, अमेरिकाले इरानमा स्...
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन
काठमाडौँ । महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी एनसीपीका अध्यक्ष अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान बिहान करिब ८ः...
हङकङमा नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा दौड प्रतियोगिता सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा २२ तारिख आइतबार टाइमोसन कन्ट्री पार्कमा अल्ट्राट्रेल रनिङ सम्पन्न भएको छ । विभिन्न देशका १७६ जना धावकहरूको प्रतिस्पर्धा रहेको दौड प्रतियोगितामा ५० किलोमिटर...
लेबनानसँगको तनाव अन्त्यका लागि नेतान्याहूले दिए वार्ताको निर्देशन
काठमाण्डौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग जारी द्वन्द्व र सीमा विवाद सुल्झाउनका लागि वार्ता अगाडि बढाउन आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन् । पछिल्लो समय लेबनानको सशस्त्र समूह हिजबुल्लाह र इजरायली सेनाबीच बढ्दै गएको स...



