सवारी दुर्घटना : क्षतिपूर्ति र उपचार खर्च तिर्न नसके जेल पठाउन मिल्दैन
काठमाडौँ । सवारी दुर्घटनाका पीडितलाई खुवाउनुपर्ने औषधि उपचार खर्च, किरिया खर्च र क्षतिपूर्ति भराउने प्रयोजनका लागि माग गरिएको धरौटी बुझाउन नसकेकै आधारमा अभियुक्तलाई थुनामा राख्नु गैरकानुनी हुने सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले ‘बन्दी प्रत्यक्षीकरण’ रिटमा सुनुवाइ गर्दै यस्तो महत्त्वपूर्ण नजिर प्रतिपादन गरेको हो । न्यायाधीशहरू हरिप्रसाद फुयाल, कुमार रेग्मी र बालकृष्ण ढकालको पूर्ण इजलासले २०८२ पुस २४ गते उक्त फैसला सुनाएको हो ।
बारा जिल्लाको सुवर्ण गाउँपालिकामा २०८१ सालमा एउटा मोटरसाइकल दुर्घटना भयो । उक्त मोटरसाइकल राजकिशोर प्रसाद यादवले मागेर ल्याएका थिए र राकेश दासले चलाइरहेका थिए । उक्त मोटरसाइकलले ७० वर्षीय वृद्ध सत्यनारायण ठाकुरलाई ठक्कर दियो, जसको उपचारका क्रममा मृत्यु भयो ।
यस घटनामा दुईवटा समानान्तर मुद्दा चले । पहिलो, जिल्ला अदालत बारामा । सवारी ज्यान मुद्दामा बारा जिल्ला अदालतले राजकिशोरलाई १५ हजार धरौटीमा छाड्ने आदेश दियो । उनी धरौटी बुझाएर तारेखमा रहे ।
दोस्रो, जिल्ला प्रशासन कार्यालयमा । सोही दुर्घटनाका पीडितलाई औषधि उपचार, किरिया खर्च र क्षतिपूर्ति भराउनका लागि अर्को मुद्दा दर्ता भयो । प्रमुख जिल्ला अधिकारीले राजकिशोरसँग ९ लाख २० हजार रुपैयाँ धरौटी माग गरे ।
राजकिशोरले उक्त रकम बुझाउन सकेनन् । रकम बुझाउन नसकेकै आधारमा सिडिओ कार्यालयले उनलाई २०८१ पुस २ गते वीरगन्ज कारागार चलान गर्यो । उनले उच्च अदालतमा निवेदन दिए पनि उच्च अदालतले सीडीओकै निर्णय सदर गरेपछि उनी सर्वोच्च पुगेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
आज तराईमा तुँवालो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल
काठमाण्डौँ । आज तराईसहित उपत्यका क्षेत्रमा तुँवालो लागेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तराई भाग र काठमाण्डौसहित उपत्यका क्षेत्रमा वायु प्रदूषण बढ्न सक्ने अनुमान छ । वायु प्रदूषणबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेक...
मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा तुँवालो लागेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिम...
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भूभागका धेरै स्थानमा वर्षा र केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान वरपर तथा पश्चिमी भूभागमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ ।
आज बिहान कोशी, गण्डकी, लुम्बिनी,...
धुलिखेल-खावा सडक भोलिदेखि १० दिन रातको समयमा बन्द हुने
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा सडक खण्डमा आइतबारदेखि राति सवारी आवागमन बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि साँझ ६ बजेबाट बिहान पाँच बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो । आइतबारबाट १० दिनसम्म राति सवारी आवागमन रोक लगाइने...
यती एयरलाइन्सको आजका उडान स्थगित
काठमाडौँ । यती एयरलाइन्सले आज २१ फागुनको सबै उडान स्थगित गरेको छ । प्रतिनिधिसभा निर्वाचन परेकाले उडान स्थगित गरेको जनाएको हो । कम्पनीले सूचना जारी गर्दै आज उडान नहुने बताएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको...
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति...



