पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप, १२९ को मृत्यु
काठमाडौँ । पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ ।
सर्वसाधारणको हत्या भएपछि गरिएको प्रतिकारात्मक कारबाहीमा सुरक्षा बलले कम्तीमा ६७ आतंककारीुहरूलाई मारेको जनाइएको छ । योसँगै विगत दुई दिनमा प्रदेशभर मारिने बन्दुकधारीहरूको कुल संख्या १०८ पुगेको संचारमाध्यमहरूले जनाएका छन् ।
सरकारी प्रसारक पाकिस्तान टेलिभिजनका अनुसार सशस्त्र समूहका सदस्यहरूले क्वेटा, नुस्की, दलबन्दिन, पास्नी र ग्वादरलगायत एक दर्जनभन्दा बढी स्थानमा एकैसाथ आक्रमण गरेका थिए । प्रतिबन्धित आतंककारी समूह बलुचिस्तान लिबरेसन आर्मीले शनिबारको यी आक्रमणहरूको जिम्मेवारी लिएको छ ।
भिडन्तमा १० प्रहरी र सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् भने अन्य केही घाइते भएका छन् । ग्वादरमा बन्दुकधारीहरूले निःशस्त्र मजदुरहरूलाई निशाना बनाउँदा ५ पुरुष, ३ महिला र ३ बालबालिकासहित ११ सर्वसाधारणको मृत्यु भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्र सङ्घ महासचिवमा चार दाबेदार, चाख घट्दो, समस्या बढ्दो
काठमाण्डौँ । संयुक्त राष्ट्र सङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका...



