बुधबार, २१ असोज २०८३
नेपाली

विराजको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक

Main News Image

काठमाण्डौँ । नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ । आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा राजधानीस्थित जय नेपाल हलमा एक कार्यक्रमबीच नेपालभाषा गीत ‘छ लिसे’ प्रिमियर गरिएको हो ।

रामकृष्णा खड्गीको शब्द र संगीत रहेको गीतको संयोजन जुगल डंगोलले गरेका छन् । रक्कि महर्जनको छायांकन रहेको गीतलाई खड्गी आफैले निर्देशन गरेका हुन् । भिडियोमा कृषल श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय छ ।

हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका विराजले ‘छ लिसे’सँगै नेपाली गीत ‘साइली’ पनि प्रिमियर गरे। साइलीको शब्द, संगीत तथा संगीत संयोजन जुगल डंगोलले गरेका छन्। गीतमा कृषल र श्रीतिकालाई नै देख्न सकिन्छ । यस गीतलाई पनि रक्कि ९महर्जन०ले छायांकन र रामकृष्ण खड्गीले निर्देशन गरेका हुन् ।  

mediabaaji add

सम्बन्धित खबर

सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता, सुयोग गुरुङले निर्देशन गर्ने

काठमाडौँ । नेपाली फिल्म ‘कबड्डी’ सिरिज, ‘पुरानो डुङ्गा’ र ‘दिमाग खराब’ जस्ता सफल चित्र बनाइसकेको ब्यानर सिनेमा आर्टले नयाँ फिल्मको तयारी सुरु गरेको छ । यस प्रोजेक्टका लागि निर्देशक सुयोग गुरुङसँगै मुख्य भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री जसित...

एलिना चौहान र जिके पोख्रेलको स्वरमा नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक

काठमाडौँ । जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ । नृत्य प्रधान गीत  ‘इन्दिरा’ मा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् ।...

लोक गायक कमल बिके निर्मोहीको निधन

काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...

मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदाल...

अनिल खनालको शब्द रचनामा झिलिमिली तिहार सार्वजनिक

काठमाडौँ । गायक हेमराज डाँगीले तिहार पर्वको अवसर पारेर तिहार विशेष गीत ‘झिलिमिली तिहार’ बजारमा ल्याएका छन् । लोकप्रिय सर्जक अनिल खनालको शब्द रचनामा रहेको उक्त गीतमा भाका भने गायक डाँगीकै रहेको छ ।

आधुनिक, लोकदोहोरी, चलचित्र तथा...

दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन

काठमाडौँ । समाचार एजेन्सी आईएएनएसका अनुसार वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ । रिपोर्टका अनुसार, ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे । उनको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा...