सोमबार, १५ भदौ २०८३
नेपाली

ग्यास सिलिन्डर विस्फोट हुँदा विश्वकर्माको मृत्यु

Main News Image

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकजना युवकको मृत्यु भएको छ । ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा ग्यास सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनबहादुर रावलका अनुसार फलाम काट्न प्रयोग गरिने ग्यास सिलिन्डर अचानक विष्फोट भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

आज बिस्का जात्राको दोस्रो दिन : भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै

काठमाडौँ । बिस्का जात्राको दोस्रो दिन आज भक्तपुरमा धुमधामका साथ मनाइँदै छ । आज दोस्रो दिन भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै छ । लिच्छविकालदेखि सुरु भएको यो जात्रामा आज स्थानीय बासिन्दाहरूले तौमढीस्थित भैरवनाथ र भद्रकालीको रथमा पूजाआजा गर...

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक र पछाडि बस्ने दुवै पक्राउ

काठमाण्डौँ । डोटीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । शिखर नगरपालिका–१० बान्डुङग्रीसैनमा सुपप्र।०१०१३प १२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६८ वर्षीया तारादेवी बलायरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार के...

नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्ने विषयमा तीन महिनाभित्र छलफल गर्न गृहमन्त्री सहमत

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ । धनुषाको जिल्ला प्रशासन कार्यालयमा शनिबार राति सम्पन्न वार्तामा उक्त सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइ...

मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै

जनकपुर । मिथिलाञ्चल सहित तराई–मधेशमा आज अन्नकुट पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाइटिकाको एक दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन् । यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवानलाई चढाउने गरि...

तिब्बतको जिरोङमा भारी वर्षाको प्रक्षेपण, सतर्कता अपनाउन अपिल

काठमाडौँ । चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र तिब्बत स्थित केरुङ ग्याइरोङ काउन्टीमा आगामी दिनहरूमा, विशेष गरी रातिको समयमा थप वर्षा हुने सम्भावना रहेको चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । मौसम पूर्वानुमान अनुसार आइतबारदेखि सो...

स्वदेश आइपुग्यो विपिनको शव : प्रधानमन्त्री पुगिन् विमानस्थल

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव स्वदेश ल्याइएको छ । उनको शव सोमबार केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रध...