शनिबार, १३ भदौ २०८३
नेपाली

विवाहपञ्चमी महोत्सव : राम सीताको विवाह सम्पन्न, आज रामकलेवा

Main News Image

जनकपुर । सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको छैठौं दिन मंगलबार माता सीताको स्वयमवरका साथै शुभ विवाह सम्पन्न भएको छ । मंगलबार अबेर रातीसम्म जनकपुरधामको ऐतिहासीक जानकी मन्दिर प्राङ्गनमा लाखौं श्रद्धालुभक्तजनको भीडका बीच माता सीता र भगवान रामको मैथिली परम्परा अनुसार विवाह सम्पन्न भएको छ ।

दुलही झैं सजाइएको जानकी मन्दिरमा भारत, नेपालका लाखौं श्रद्धालुभक्तजनको उपस्थिती रहेको थियो। विभिन्न देखिका पर्यटकहरुको पनि घुँईचो लागेको थियो । मंगलबार दिँउसो बाह्रविघा मैदानमा माता सीताको स्वयम्वर गरिएको थियो। सो बेला हेलिकप्टरमार्फत बाह्रविघा मैदान, जानकी मन्दिर र राममन्दिरमा पुष्पवृष्टि गरिएको थियो ।

आज विवाहपञ्चमी महोत्सवको अन्तिम दिन रामकलेवा रहेको छ। यस विधिमा अयोध्याबाट आएका सम्पूर्ण बारातीहरुलाई ५६ ब्यनजन खुवाएर दक्षिणासहित विदा गर्ने गरिन्छ । भगवान राम र माता सीताको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा धुमधामका साथ विवाहपञ्चमी मनाईने गरिन्छ ।

 

mediabaaji add

सम्बन्धित खबर

बेलायतमा वर्क परमिट ठगी बढ्दै, नेपाली दूतावासको सचेतना

काठमाण्डौँ ।  बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा नेपालीहरू ठगीमा परेका गुनासो बढेपछि लण्डनस्थित नेपाली दूतावासले सचेत रहन आग्रह गरेको छ। दूतावासका अनुसार नेपालबाट बेलायत आउन चाहने र बेलायतमै रोजगार खोजिरहेका...

इरानी सेनाको नियन्त्रणमा रहेको युवक उदयपुरका झा

काठमाण्डौँ । पश्चिम एसियामा जारी द्वन्द्वका बीच होर्मुज जल क्षेत्रमा काम गर्दै आएका उदयपुर गाइघाटका ३० वर्षीय अमृत झा इरानी सेनाको नियन्त्रणमा परेका छन् ।

परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख तथा सहसचिव रामकाजी खड्काका अनुसार...

महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न, सम्हाले प्रहरी कमान्ड

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृहसचिव रामेश्वर दंगालले मन्त्रालयमा आयोजित कार्यक्रममा कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । कात...

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या आठ पुग्यो

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिक २ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप दुर्घटना...

म्याग्दीमा सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति : एक बेपत्ता, एक घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान सुक्खा पहिरो खस्दा एक जना कामदार बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका...

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना गर्न सुरु गरिएको छ। निकुञ्जभित्र क्यामरा जडान गरेर माघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताए । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघक...