आत्मदाहको प्रयास गरेका तेस्रो व्यक्ति विवेक मण्डलको पनि मृत्यु
काठमाडौँ । सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ । असार २५ गते आत्मदाहको प्रयास गरेका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राति दुई बजे निधन भएको हो । उनलाई शुक्रबार सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय मण्डलले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए ।
उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । यसअघि आत्मदाहको प्रयास गरेका गणेश नेपाली र आश्विन राउतको पनि मृत्यु भइसकेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विसं २०८३ को पात्रोको गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ । समितिले आइतबार यहाँ आयोजना गरेको नयाँ पदाधिकारीहरूको पर...
बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यसवर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीला...
भोलि महाशिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? एक पटक ट्राफिक व्यवस्थापनको नियम हेर्ने की ?
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वको तयारी पूरा भएको छ । पशुपति क्षेत्रमा रङरोगनदेखि सरसफाइ गरिएको छ । साधु-सन्तहरुको बाक्लो उपस्थिति भइसकेको छ । प्रहरीले पनि पर्वको अवसरमा हुने भिड व्यवस्थापनको योजना बनाइसकेको छ...
वैशाख १ गते मात्र फुल्ने फूलबारीमा बिहानैदेखि घुइँचो
काठमाडौँ । सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिने दुर्लभ सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न आज बिहानैदेखि श्रद्धालुहरूको...
म्याग्दी, पर्वत र कास्कीको संगमस्थल जलजला क्षेत्रमा ताल बनाउन सम्भाव्यता अध्ययन
म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको...
रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता
दोलखा । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिव...



