इतिहासकै सबैभन्दा ठूलो समुद्री संकटको खतरा, बब अल-मन्डेब बन्द गर्ने चेतावनी
काठमाडौँ । इरान र अमेरिका इजरायल बीचको जारी युद्ध यस्तो बिन्दुमा पुगेको छ जहाँ सम्पूर्ण विश्व अर्थतन्त्र खतरामा परेको छ । खाडी क्षेत्रमा हर्मुज स्ट्रेट पहिले नै बन्द भइसकेको रिपोर्टहरूको बीचमा यमनका हुथी विद्रोहीहरूले अब बब अलमन्डेब स्ट्रेटलाई बन्द गर्ने धम्की दिएका छन् ।
युद्ध तेस्रो हप्तामा प्रवेश गर्दै गर्दा यमनका हुथी विद्रोहीहरूले आफ्नो मौनता तोडेका छन् । इरान समर्थित लडाकू समूहले कुनै पनि क्षण बदला लिन तयार रहेको बताएको छ। हुथी नेता अब्दुल मलिक अलहुथीले भने – उनका सेनाहरू “ट्रिगरमा औंला राखेर बसेका छन्” र यदि द्वन्द्व बढ्यो भने हस्तक्षेप गर्नेछन् । विज्ञहरू विश्वास गर्छन् – यो इरानको “तीन चरण रणनीति” को एक हिस्सा हो ।
पहिलो चरण भनेको हर्मुजको स्ट्रेट बन्द गर्नु हो जुन पहिले नै भइसकेको छ । दोस्रो चरण भनेको लेबनान र गाजा मोर्चाबाट इजरायललाई अल्झाउनु हो, र तेस्रो चरण भनेको हुथीहरू मार्फत बब अलमन्डेब बन्द गर्नु हो ।
एक्सप्रेस
सम्बन्धित खबर
पोल्यान्डमा १ हप्तामै २ नेपालीको मृत्यु
काठमाण्डौँ । पोल्यान्डमा झापाका ४२ वर्षीय गोपालबहादुर लिम्बू शेर्माको निधन भएको १ हप्तामा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । कास्कीको मादी ११, उपल्लो साप्ले घर भएका ३३ वर्षीय सुमन गुरुङको हृदयघातका कारण शुक्रबार १६ जनवरीमा मृत्यु भएको हो...



