मङ्गलबार, २० असोज २०८३
नेपाली

‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’

Main News Image

काठमाडौँ ।  उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएका बताएका हुन् ।

उनले लेखेका छन्, ‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं ।’ उनले उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन जनताको निरन्तर साथ रहनेमा विश्वस्त रहेको पनि उनले लेखेका छन् ।

उनले भने, ‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास दिलाउँछ । उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं ।’ पार्टीहरूले एकीकरणपछि राजनीतिक एकता बलियो बनाउँदै आगामी निर्वाचन र विकासका अभियानमा साझा रणनीति अघि बढाउने तयारीमा रहेको जनाइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरण सर्वोच्च अदालतमा सोमबार ‘हेर्दाहेर्दै’मा राखिएको छ । उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी नेकपाले रुकुमपूर्वमा ३०औं जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपांग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संयो...

संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने

काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् । शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सद...

रास्वपा उम्मेदवारको गाडीको ठक्करले बालकको मृत्यु

काठमाडौँ । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट बालकको मृत्यु भएको छ । बालकको उमेर ६ वर्षजति भएको अनुमान गरिएको छ । आलम रौतहट–२ बाट उम्मेदवार छन् । 

दुर्घटनापछि रास्वपा उम्मेदवार आलम र गाड...

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपुरका सभापति नरिश्वर लामिछानेसहितको टोलीले नवलपुरमा स्वागत गरेको छ । भेटका क्रममा स्थानीय टोलीले नवलपुर क्षेत्रमा दूषित पानीका कारण गैँडालगायत वन्यजन्तुहरू धमाधम मृत अवस्थ...

मतदाता नामावली सच्याउन पाइने

काठमाडौँ । मतदाता नामावली छुट या त्रुटि भएमा सच्याउन पाइने भएको छ । निर्वाचन आयोगले ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्...