शुक्रबार, १२ भदौ २०८३
नेपाली

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

Main News Image

भक्तपुर । बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते भएका नागरिकको प्रदेश सरकारले निःशुल्क उपचारको प्रबन्ध गरेको बताएका छन् । बुधबार नुवाकोट पुगेर बाढीग्रस्त क्षेत्रको अनुगमनपछि उनले घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए ।

‘विपदमा जीवनको रक्षा नै हाम्रो पहिलो जिम्मेवारी हो । प्रादेशिक अस्पताल तथा आयुर्वेदिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेका छौँ,’ मुख्यमन्त्री थापामगरले भने ।

प्रदेश सरकारले आकस्मिक उपचारका लागि भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रवाराही अस्पतालका स्वास्थ्यकर्मी रसुवा तथा नुवाकोटेको त्रिशूलीमा खटाएको छ । भक्तपुर अस्पतालमा थप आकस्मिक कक्ष तथा आइसियु कक्षको व्यवस्था गरी निःशुल्क उपचार सेवा उपलब्ध गराइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

बागमती सरकारबाट एमाले बाहिरिने, ६ मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै आफ्ना ६ जना मन्त्रीको सामूहिक राजीनामा दिने तयारी गरेको छ । एमाले संसदीय दलको कार्यालयमार्फत इमेलबाट राजीनामा बुझाइने जनाइएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानिय...

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुईवटा विधेयकहरू प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार मध्यराति नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेय...

झापामा रास्वपाको सम्पर्क कार्यालय तोडफोड

काठमाडौँ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड भएको छ । यहाँबाट पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । जिल्लाको कमल गाउँपालिका २ स्थित पार्टी...

मुख्यमन्त्री यादवद्वारा मधेशवादी दल र नेताको उक्साहटमा नलाग्न प्रदेशवासीलाई आग्रह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीका लागि सम्बोधन गरेका छन् । शनिबार विहान जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकारहरु समक्ष प्रदेशवासीका लागि सम्बोधन प्रस्तुत गरेका छन् । सम्बोधनमा मुख्य...

पाँच वर्ष कांग्रेस नेतृत्वमा देश तीव्र गतिमा अघि बढ्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष कांग्रेस नेतृत्वमा देश तीव्र रूपमा सञ्चालन हुने दाबी गरेका छन् । सर्लाही क्षेत्र नम्बर १ अन्तर्गत बैलबास बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विवेक र सावधानीका साथ देश अ...

देउवाकै सभापतित्वमा १५औं महाधिवेशन गर्ने कांग्रेसको निर्णय, गगनपक्ष दोधारमा !

काठमाडौँ । नेपाली कांग्रेसको साविक १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ।

सुकेधारामा सम्पन्न इतर समूहको राष्ट्रिय सम्मेलनले पार्टी सभापति शेरबहादुर देउवाकै...