मौसम पूर्वानुमान : तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना
काठमाडौँ । आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ ।
यसै क्रममा देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नयाँ प्रणालीबाट विद्युतीय राहदानी
काठमाण्डौँ । अब सरकारले वितरण गर्ने विद्युतीय राहदानी नयाँ प्रणालीमार्फत नागरिकले पाउने भएका छन् । नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ ।
विगतमा फ्रान्सको आइडिया कम्पनीको प्रविध...
मौसम : तराईमा हुस्सु लाग्ने,पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू–भागका धेरै स...
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौस...
काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्यो !
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० ड...
काठमाडौंको गैरिगाउँमा भीषण आगलागी
काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । सशस्त्र प्रहरीको विपद् गण नजिकै रहेको काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको हो । प्रहरी घटनास्थलमा पुगेको र दमकलमार्फत आगो निभाउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौ...
बुझाइयो कार्की आयोगको प्रतिवेदन, कस-कसलाई भयो कारबाहीको सिफारिस ?
काठमाडौँ । बहुप्रतिक्षित कार्काी आयोगको प्रतिवेदन सरकारलाई बुझाइएको छ । भदौ २३ र २४ गतेका दिन भएका घटनामा मानवीय र भौतिक क्षतिको अनुसन्धान गर्न मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सिंहदरबारमा...



