आइतबार, २१ भदौ २०८३
नेपाली

मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

Main News Image

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभामामा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।


mediabaaji add

सम्बन्धित खबर

चुनावमा भोट हाल्न काठमाडौंबाट बाहिरिनेको संख्या बढ्यो, २० गतेसम्म सवारी साधन चल्ने

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजधानी काठमाडौँबाट गृहजिल्ला फर्किने नागरिकको संख्या तीव्र रूपमा बढ्न थालेको छ । विभिन्न पेसा–व्यवसायमा आबद्ध भई उपत्यकामा बसोबास गरिरहेका मतदाता मतदानका लागि गाउँ जाने तयारीमा जु...