मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु
काठमाण्डौँ । मकवानपुरको हेटौँडामा भएको सवारी दुर्घटनमा दुई युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुरमा ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
...यी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहि बाँकी भू–भागमा मौस...
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका संरक्षक डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।
तिहारको मुख्य दिन आज भाइटीका : टीकाको उत्तम साइत बिहान ११ः३९ बजे
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि...
विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै
काठमाडौँ । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर...
नोबेल अस्पतालको ५ तलामाथिबाट खसेर डाक्टरको मृत्यु
विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज अस्पताल भवनको पाँचौँ तलाबाट खसेर एक चिकित्सकको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा कार्यरत सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादवको आज बिहान ६ बजेतिर अस्पतालको भवनबाट खसेर मृत्यु भएको अवस्थामा शव फ...



