विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउण्डको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा रहेको छ।
स्वीस फ्र्यांक एकको खरिददर १८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०८ पैसा तोकिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
महँगीले थिचिँदै सर्वसाधारण, मुद्रास्फीति पुग्यो ५.९६ प्रतिशत
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार गत वर्षको सोही महिन...
रोजगार सेवा केन्द्र अब ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण हुने
काठमाडौँ । सरकारले देशभरका स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’का रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै नयाँ व्यवस्था कार्यान्वयन...
यातायात सेवामा नयाँ प्रणाली लागू, राष्ट्रिय परिचयपत्र र आफ्नै नामको मोबाइल नम्बर अनिवार्य
काठमाडौँ । यातायातसम्बन्धी सेवा प्रवाहलाई थप आधुनिक, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नयाँ एकीकृत डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत नागरिकहरूले अब राष्ट्रिय परिचयपत्र, नागरिक एप र मोबाइल नम्बरको प्रयोग गरी विभिन्...
बेमौसमी वर्षाका कारण धान उत्पादनमा ३ लाख मेट्रिक टनले कमी आउने
काठमाडौँ। यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त...
ब्रोकरका लागि नेपाल स्टक एक्सचेन्जमा अनिवार्य आईटी अडिट व्यवस्था लागू
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि आईटी अडिट व्यवस्था लागू गरेको छ ।
नयाँ प्रावधानअनुसार प्रत्य...
विदेशी मुद्राको नयाँ विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ नाघ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ २७ गतेका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो...



