आज कति छ काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ?
काठमाडौँ । देशभर दैनिक चिसो बढिरहेको छ । काठमाडौं उपत्यकामा पनि न्यूनतम तापक्रम घट्दै गएको छ । आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७।० डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो शुक्रबार पनि उक्त समयमा उपत्यकाको न्यनूतम तापक्रम ठ्याक्कै त्यति नै थियो। तर पछि बिहान ८ः४५ बजे घटेर ६.५ डिग्री सेल्सियस कायम भएको थियो ।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम मौसम महाशाखाले अहिले बिहान ८ः४५ बजे आफ्नो वेबसाइटमा सार्वजनिक गर्छ। त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम केही घट्ने सम्भावना हुन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रसुवामा बाढीले प्रहरीका ३ कार्यालय बगायो, थप जानकारी आउन बाँकी
काठमाडौँ । तिब्बततर्फबाट आएको बाढीले नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहर...
मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको...
महाकालीमा पानीको बहाव बढ्यो, बनवासा पुलमा आवागमन प्रभावित
महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज बनवासा...
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली भूभागको थोरै...
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव छ । कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी...
अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार...



