शनिबार, २७ भदौ २०८३
नेपाली

यस वर्ष भाइटीकाको उत्तम साइत कति बजे ?

Main News Image

काठमाडौं । देशैभरी तिहारको रमझम आँगनमै आइपुगेको छ भने घरहरूमा झिलिमिलि बत्ति र तिहारका भाकाहरू गुन्जिन थालिसकेका छन्। यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिन काग तिहार मनाइएको छ भने आज दोस्रो दिन लक्ष्मी पूजा र कुकुर तिहार एकसाथ मनाइँदैछ। आज बिहान यमदूतको प्रतीक कुकुरलाई पूजा गरेर मीठा परिकार अर्पण गरी कुकुर पूजा मनाइएको छ भने आजै साँझ लक्ष्मी पूजाको तयारी घरघरमा गरिंदैछ।

आज साँझपख घर–घरमा दीप प्रज्वलन गरी लक्ष्मी भित्र्याउने गरिन्छ। आजको दिन घर, पसल र कार्यालयहरूमा सरसफाइ गरी रंगोली आदि बनाएर फूलमाला र दियोले सजाएर लक्ष्मीको विशेष पूजा आराधना गर्ने गरिन्छ। यसो गर्नाले घरमा धन र समृद्धिको वृद्धि हुने विश्वास रहिआएको छ।

त्यस्तै कात्तिक ५ गते गाईपूजा र गोरुपुजा एकसाथ मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले गाईलाई परापूर्वकालदेखि नै ‘माता’को रूपमा पुज्दै आएका छन्। त्यस दिन गाई र गोरुलाई तिलक, फूलमाला आदिले पूजा गरेर मीठा परिकार अर्पन गर्ने गरिन्छ। मृत्युपछि गाईको पुच्छरमा समातेर वैतर्नी नामक नदी तरेर मात्र स्वर्ग पुगिने विश्वास रहिआएको छ।

यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक ६ गते भाइटीका पर्व मनाइँदैछ। त्यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै निधारमा सप्तरंगी टीका तथा माला लगाइदिन्छन् भने दाजुभाइले पनि दिदीबहिनीहरूलाई उपहार तथा दक्षिणा दिएर स्नेह र आर्शीवाद प्रकट गर्छन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष भाइटीकाको उत्तम साहित बिहान ११ बजेर ३९ मिनेटमा रहेको बताएको छ। कात्तिक ६ गते बिहीबार मध्यान्हकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिएइउको समितिले बताएको छ। सर्वसाधारणका लागि मध्यान्हकालमा टीका लगाउन कुनै समस्या नपरेपनि राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने समितिले जानकारी दिएको छ।

mediabaaji add

सम्बन्धित खबर

आईजीपी खापुङलाई जाँचबुझ आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङलाई जेनजी आन्दोलन जाँचबुझ आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको हो । आयोगले माग...

मौसम पूर्वानुमान : उपत्यकाको तापक्रम घट्दो क्रममा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भन...

भारतको मजदुरी छोडेर साइकलमा दुध संकलन गर्न थाले, अहिले ९० लाखको सम्पत्ति जोडे

कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही...

विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

काठमाडौँ । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । 

बालश्रम विरुद्धआ...

तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु

काठमाण्डौँ । बुधबार साँझ बर्दियामा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका ११ बेलभारकी ५५ वर्षीय खिदनी थारू छिन् ।

गाउँनजिकै रहेको आफ्नो बारीमा तोरी काटिरहेको समयमा बुधबार साँझ करिब साढे ५ बजेतिर...

लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो, २५ जना अझै सम्पर्कविहीन

रसुवा । रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरङभित्रबाट दुई जनाको शव निकालिएको छ । सुरङमा खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार ती शवहरू बाहिर निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए...