तिहार अवधिभर कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको विवरण अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिनसम्म देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागको पूर्वानुमानअनुसार मङ्गलबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रही हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। यसैगरी सोमबार राति पनि हिमाली भूभागमा आंशिक बदली रही बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
बालेनको चुनाबी अभियानमा दुर्घटनामा परेका सिटौलाको अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाबी अभियानमा बरिष्ठ नेता बालेन शाहसँगै सुदुरपश्चिम गएका बेला दुर्घटनामा परेका दिनेश सिटौलाको आइसीयुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।
शुक्रबार बिहान बझाङबाट...
चार प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ ।
कोशी...


