कहिले सुध्रिएला मौसम ? मौसमविद्ले दिए यस्तो जानकारी
काठमाडौँ । उपत्यकासहित देशका विभिन्न भूभागमा भइरहेको वर्षा आज साँझदेखि क्रमिक रूपमा कम हुँदै जाने अनुमान गरिएको छ । नेपाल मौसम विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चक्रवातको अवशेष कमजोर हुँदै गएकाले मौसममा सुधार आउने देखिएको हो । मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो एक घण्टाको मौसमी अवस्थालाई हेर्दा देशका विभिन्न भूभागमा क्रमिक रूपमा सुधार भइरहेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मौसम सुधार हुँदै गएको छ भने कोशी र मधेश प्रदेशका पूर्वी भूभागमा पनि वर्षा कम हुँदै गएको छ ।
उनले भने, ‘पछिल्लो एक घण्टाको मौसम हेर्ने हो भने क्रमिक रूपमा सुधार आइरहेको अवस्था छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको भूभागमा मौसम सुधार हुँदै गइरहेको छ भने त्यससँगसँगै कोशी प्रदेश र मधेश प्रदेशको पनि पूर्वी भूभागमा मौसम सुधार हुँदै गएको छ ।’
उनका अनुसार बागमती, गण्डकी, कर्णाली र कोशी प्रदेशका पहाडी भूभागमा भने अझै बादल लाग्ने र वर्षा हुने क्रम जारी छ । काठमाडौं र ललितपुर आसपासका क्षेत्रसहित दोलखा र संखुवासभाका केही स्थानमा मध्यम वर्षा भएको छ भने अन्य भूभागमा हल्का वर्षा भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अब बिपी राजमार्गमा मालवाहक गाडी राति मात्र चल्न पाउने
काभ्रेपलाञ्चोक । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो र बाढीका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको रूपमा प्रयोग भइरहेको बिपी राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ । बढ्दो चापलाई व्यवस्थित गर्न र सम्भावित जाम तथा दुर्घटना रोक्न जिल्ला प्रशा...
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को पूरक ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार पूरक परीक्षाका लागि आवेदन दिएका एक लाख ४६ हजार ५०७ परीक्षार्थीमध्ये एक लाख २९ हजार ११४ जना परीक्षामा सहभा...
मौसम पूर्वानुमान र सूचना प्रणाली आधुनिक बनाउन आवश्यक : मन्त्री सिन्हा
काठमाडौँ । कानून मन्त्री अनीलकुमार सिन्हाले मौसम सम्बन्धी जानकारी समयमै प्राप्त गर्न पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने औंल्याएका छन् । विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हालले हाल चुनौतीको अवस्...



