एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि...
काठमाडौँ । ललितपुरमा बोरामा प्याक गरिएको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्को एक व्यक्तिको पनि हत्या भएको खुलेको छ । हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव भक्तपुर–ललितपुर सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको हो ।
यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटको एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ का केशवराज हायुको शव बोरामा प्याक गरिएको अवस्थामा फेला परेको थियो ।
सो घटनाको अनुसन्धान क्रममा प्रहरीले सुरुमा देवराज ढुङ्गेललाई पक्राउ गरेको थियो। सोधपुछका क्रममा उनले जयराज अधिकारीको नाम बताएपछि प्रहरीले जयराजलाई आज बिहान सिन्धुलीबाट पक्राउ गरेको हो । जयराजले पारुहाङको पनि हत्या गरेको बताएका छन्। उनले देखाएको स्थानबाट प्रहरीले पारुहाङको शव फेला पारेको छ । देवराज ढुङ्गेल र जयराज अधिकारीका अनुसार उनीहरूले मंसिर २४ गते केशवराज हायुको हत्या गरेका थिए । त्यसको भोलिपल्ट मंसिर २५ गते पारुहाङ राईको हत्या गरेका थिए ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले देवराज ढुङ्गेल र जयराज अधिकारीले केशवराज हायु र पारुहाङ राईको हत्या गरेको स्वीकार गरेको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
जेनजी प्रदर्शनमा काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ
झापा। जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेक...
धादिङमा कर्मचारी कुटेर फरार रहेका व्यक्ति पक्राउ
काठमाण्डौँ । खानेपानी आयोजनाको अनुगमनमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ २६ गते नीलकण्ठ नगरपालिका–४ स्थित इजारा क्षेत्रमा खानेपानी आयोजनाको निर्माण कार्य निरीक्षण तथा सुपरिवेक्षणक...



