आइतबार, १५ कात्तिक २०८३
नेपाली

रास्वपाको सदस्यता देखाएर गहुँ र चिनीको तस्करी गर्ने विकास लुनिया को हुन् ?

Main News Image

काठमाडौँ । एक खाद्यान्न व्यपारीले रास्वपाको सदस्य हुँ भन्दै खाद्यान्नको अबैध कारोबारमा संलग्न रहेको पाइएको छ । भन्सार बाहिरबाट वस्तु ल्याएर बिक्री गर्न पल्किएका ती व्यापारी ‘सिजनल’ रुप धारणा गरी ‘सिजनल’ तस्करीमा लागेका हुन् । बिराटनगरलाई आधार बनाएर तस्करीको काम गर्ने ती व्यापारी हुन् विकाश लुनिया । केहि महिना पहिला गहुँको तस्करी गरिरहेका उनी पछिल्लो समय भने चिनीको तस्करीमा सक्रिय भएका छन् ।

भारतले अहिले चिनी निर्यात बन्द गरेको छ । भारतले निर्यात गर्ने बित्तिकै चिनीको मूल्यमा वृद्धि भैसकेको छ । त्यसको मौका छोपी उनले भन्सार बाहिरबाट नेपालमा चिनी भित्र्याउन थालेका हुन् । व्यापारीक सर्कलमा समेत उनलाई ‘सिजनल’ तस्करी गर्ने व्यक्तिको रुपमा हेरिदै आएको छ । नेपालमा गहुँको उत्पादन नआइसकेको समयमा उनी गहुँ त्यहि मोडालटीमा ल्याउने काम गर्दर्थे । अहिले भने चिनी नेपाल भित्र्याउन लागेका छन् । यस वर्ष उखु उत्पादनमा कमी आउने प्रक्षेपण गर्दै भारतले कच्चा तथा प्रशोधित सबै प्रकारका चिनी निर्यात बन्देज गरिदिएको छ । यही मौकामा चिनीको तस्करी ह्वात्तै बढिरहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

मुस्ताङमा नेपाली सेनाको बेस क्याम्प थपियो

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्...

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाण्डौँ । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । बुधबार...

अख्तियार प्रमुखसहित १० जनालाई धम्की दिने पाठकलाई लिन प्रहरी टोली फिलिपिन्स जाँदै

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई ज्यानको धम्की दिने प्रकाश पाठकलाई स्वदेश ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जान लागेको छ ।

फिलिपिन्सले पाठकविरुद्ध निष्कासन प्रक्रिया सुरु...

मापसेका कारण वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु र १७४ घाइते

काठमाडौँ । गत वैशाख महिनामा मात्रै देशभर मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् । मापसेका कारण सवारी दुर्घटना...

गौरमा कर्फ्यु हटाइए लगत्तै वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ । रौतहटको सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइए लगत्तै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । गौर नगरपालिका–६ सबगढामा दुई समुदायबिच उत्पन्न विवाद सामान्य बन्दै गएपछि जिल्ला सु...

अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो । पाठ...