जंगली बँदेलका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु
गुल्मी । गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको दुःखद मृत्यु भएको छ । बाली जोगाउन राखिएको करेन्टमा परेर धुर्कोट गाउँपालिका(५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी ६० वर्षीया श्रीमती हुमकला भण्डारीको मृत्यु भएको हो । भण्डारी दम्पत्तीका दुई छोरा र एक बुहारी रोजगारीको सिलसिलामा दुबईमा रहेका तथा छोरीको विवाह भइसकेकाले घरमा उनीहरू दुई जना मात्र बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार भेषराज भण्डारीले घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा मंगलबार साँझ बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी बँदेल नियन्त्रणका लागि विद्युतीय धराप थापेका थिए।
प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरेन्द्र वीर विश्वकर्माका अनुसार मध्यराति करिब १स्३० बजे हुमकला उक्त धरापमा परेकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट श्रीमानले विद्युतीय धराप थापेको विषय हुमकलालाई जानकारी भए पनि मध्यरातमा बँदेल पर्यो कि भन्ने आशंकामा उनी एक्लै बारीतर्फ गएको र सोही क्रममा गल्तीवश विद्युतीय धराप छुँदा करेन्ट लागेको खुलेको छ।
धुरापमा परेर हुमकला चिच्याएपछि छिमेकीले थाहा पाएर प्रहरीको १०० नम्बरमा खबर गरेका थिए। धुर्कोट गाउँपालिका वडा नं। ५ का अध्यक्ष केशवराज भण्डारीका अनुसार श्रीमती धरापमा परेको र छिमेकीले प्रहरीलाई खबर गरेको धेरै समयपछि मात्र श्रीमान भेषराजले घटनाबारे जानकारी पाएका थिए।
करेन्ट लागेर गम्भीर घाइते भएकी हुमकलालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको भए पनि चिकित्सकले बिहान ३स्२५ बजे उनलाई मृत घोषणा गरेका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौँ । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्ति वा मकर संक्रान...
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
काठमाडौँ । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लि...
कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’
काठमाडौँ । काठमाडौं महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । कामपाले व...
BREAKING : काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खसेर डुब्यो
काठमाडौँ । काठमाडौंबाट ओखलढुंगाको लागि छुटेको बस तामाकोशी नदीमा खसेर डुबेको छ । प्रहरी चौकी सेलेघाटका अनुसार बस पानीमा चुर्लुम्म डुबेको छ र धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ ।
कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त
काठमाडौँ । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब...
सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्ड
काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्डमा राखेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका काका नाता पर्नेलाई बढुवाका लागि डिआइजी पद थपेको भन्दै विवाद उत्पन्न भएपछि तत्काललाई होल्डमा राख...



