तिहार शुरु भएसँगै बढ्यो फूलको किनबेच, पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुँदै
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शुरु भएसँगै फूलको किनबेच ह्वात्तै बढेको छ । फूल र रङको पर्वका रूपमा रहेको तिहारमा पूजाआजादेखि विभिन्न सामाजिक कार्यसम्म फूलको प्रयोग बढी हुने गर्छ ।नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार २०५० सालको दशकपछि व्यावसायिक रूप लिएको फूलखेतीमा नेपाल पछिल्लो समय आत्मनिर्भर हुँदै गएको छ । छोटो समयमा मनग्य आम्दानी हुने भएकाले तिहारलक्षित सयपत्री र मखमलीको व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दो छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी...
नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष ६ महिनाको कैद
काठमाडौँ । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ६ महिनाको कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल...
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
काठमाडौँ । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ती जारी गरी रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालम्पुर जाने श्रमिकहरूको सहज...
सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणमा जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्काशन गरिरहेको हो ।
यस कम्...
कालंगा हाइड्रोको आईपीओमा २ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?
काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा २ अर्ब २५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज जेठ १० गते साँझ ५ बजेसम्ममा १७ लाख ७९ हजार ५९३ जनाले २ करोड २५ हजार २९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरे...



